गुणस्तरीय र व्यवहारीक शिक्षा दिने हिविस्कस वोडिङको विशेषता

  • माघ ३, २०८१
  • ३,९७३ पटक पढिएको
  • छाल खबर
alt

पृष्ठभूमि

विद्यार्थीलाई समाज र राष्ट्रको सक्षम, नेतृत्वदायी र जिम्मेवार नागरिक बनाउने उद्धेश्यका साथ अग्रगमनको बाटोमा लम्किरहेको छ धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुल । २०६३ सालमा स्थापना भएको यो स्कुलले आजको २१ औँ शताब्दीको शिक्षा प्राविधिक, व्यवहारिक र प्रयोगात्मक शिक्षा हुनु पर्दछ भन्ने कुरालाई आत्मसात गर्दै यो स्कुल अगाडि बढिरहेको छ ।

नीजि विद्यालयले राष्ट्रिय शिक्षामा महत्वपूर्ण योगदान पु¥याउदै आएको कुरामा कुनै दुइमत रहेको छैन । नीजि विद्यालय व्यापारमुखी भए, नीजि विद्यालयले घोकन्ते शिक्षालाई जोड दिन्छन्, भन्ने कुरालाई चुनौती दिदै व्यवहारमुखि र वालमैत्री तरीकाले पठन÷पाठन गर्दै आफूलाई फरक रुपमा उभ्याउन सफल वनेको छ । हिबिस्कस स्कुल छोटो समयमा शिक्षाको क्षेत्रमा भिन्न छाप छोड्न सफल र अरु विद्यालयभन्दा पृथक रुपमा आफूलाई उभ्याउन सफल हुनु पनि यसको विशेषता हो ।

हिबिस्कस स्कुल अन्य विद्यालय भन्दा भिन्न लक्ष्य र उद्देश्य लिएर अगाडि बढिरहेको छ । सयौं विद्यालयहरुको भीडमा आफूलाई अब्बल विद्यालयको रुपमा उभ्याउन सफल हुनुको कारण यस विद्यालयको शैक्षिक वातावरण, शिक्षण पद्धति र अनुभवी तथा तालिम प्राप्त अनुशासित, लगनशील शिक्षक–शिक्षिका रहेका छन् । यस विद्यालयमा परम्परागत, घोकन्ते शिक्षण विधिबाट पठनपाठन गरिँदैन । आजको युगले मागेको र अभिभावकले चाहेको जस्तो प्रयोगात्मक शिक्षण विधिबाट पठन÷पाठन गराउनु स्कुलको थप विशेषता रहेको छ ।

स्कुलमा समय÷समयमा आयोजना हुने खोज अनुसन्धान साथै विदेशका विभिन्न देशमा लामो समय शिक्षण पेसा गरेका शिक्षकहरुबाट अनुभव आदान–प्रदान गरेर शिक्षण विधिमा विदेशी नयाँ शिक्षण विधि अपनाउदै नयाँ शिक्षण विधि अपनाउन खोजीरहेको छ । विद्यार्थीले प्रत्येक पाठ र विषय वस्तुमा आफैँ प्रत्यक्ष सहभागी भएर क्रियाकलाप गर्छन् भने शिक्षक सहयोगी भूमिकामा प्रस्तुत हुन्छन् । प्रत्येक दिन शिक्षक–शिक्षिका दैनिक पाठ्ययोजना र शैक्षिक सामाग्रीका साथ कक्षाकोठामा प्रवेश गर्ने भएकाले विद्यार्थीको सिकाइ प्रभावकारी हुने निश्चित छ ।

विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी विषयवस्तु अनुसार विभिन्न क्षेत्र, स्थान र भुगोलको अवलोकन गराइ बाह्य ज्ञान समेत दिने हिविस्कस स्कुलको अर्को विशेषता हो । विद्यार्थीलाई ऐतिहासिक र पुरातात्विक स्थानको भ्रमण, पुस्तकालयको भ्रमण, बालगृह, बृद्धाश्रमको अवलोकन गराइ विद्यार्थीहरुको ज्ञानको दायरालाई फराकिलो वनाउदै आएको छ । यसका अतिरिक्त सरकारी तथा नीजि कार्यालयको भ्रमण, महत्वपूर्ण व्यक्तिहरूको अन्तर्वार्ता लिने साथै गरिब दुःखी, असहायलाई सहयोग सङ्कलन गरी राहत र उद्दार जस्ता कार्यमा समेत विद्यार्थीे सङ्लग्न हुदै आएका छन् ।

स्कुलले विद्यार्थीलाई खेल्नका लागि स्कुलको हाता भित्र वास्केटवलको मैदान नै तयार गरीदिएको छ । अन्य खेलकुदको लागि आन्तरीक रुपमा खेल मैदानको व्यवस्थापन गरीदिएको छ । यस विद्यालयमा साना बाबुनानीहरूकोे परीक्षा परम्परागत प्रणालीबाट लिइँदैन । पिजी देखि कक्षा–पाँचका विद्यार्थीलाई ‘खेल र सिकाइको माध्यमबाट सिकाइ गरिन्छ । विद्यार्थीले खेलेर, छोएर, प्रत्यक्ष क्रियाकलापमा सहभागी भएर र दृश्य, चित्र हेरेर अथवा अनुभूति गरेर सिक्छन् र यसैका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिन्छ ।

स्कुलले आफूलाई छोटो समयमै एक सक्षम र कुशल शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको छ । यसको श्रेय विद्यालयका शिक्षक÷शिक्षिका, कर्मचारी, प्रभावकारी ब्यवस्थापक लगायत सिङ्गो विद्यालय परिवारलाई जान्छ । आज यस विद्यालयप्रति बढ्दो अभिभावकहरुको आकर्षणले यो स्कुल एउटा सफल सक्षम स्कुल वन्न पुगेको छ ।

१ अतिरिक्त कृयाकलापमा हिबिस्कसः सबै विद्यालयमा नियमित पढाउने कृयाकलाप हुनु स्वभाविकै हो तर हिबिस्कस स्कुलको महत्वपूर्ण विषेशता नै पढाईसंगै अतिरिक्त कृयाकलापलाई सगैं लैजानु हो । जसको लागि विद्यालयले अतिरिक्त कृयाकलापको आफ्नो वार्षिक क्यालेण्डर नै बनाएको हुन्छ । सो क्यालेण्डर मार्फत नै आफनो सबै अतिरिक्त कृयाकलापलाई कार्यन्वयन गर्दै आईरहेको छ । आफ्नो विद्यार्थीहरुको ब्यक्तित्व निर्माण गर्न विद्यालयले बिभिन्न स्टेजहरु तयार गरिदिएको छ । जसको माध्यमबाट नानीहरुले आफ्नो ब्यक्तित्व निर्माण गरिरहेको छन् । विद्यालयसंगै हिबिस्कस बाल क्लव मार्फत सामाजिक तथा मानवीय कार्यमा जोडाउदै उनिहरुको सामाजिक उत्तरदायित्व साथै सामाजिक जीवनको भुमिका निमार्णमा पनि जवाफदेहिता वन्न सिकाएको छ । पढाईका अतिरीक्त हिविस्कसका महत्वपूर्ण कृयाकलापहरु यहाँ समावेश गरीएको छ ।

क) हिबिस्कस क्विज मेनियाः यस विद्यालयले सञ्चालन गर्दै आईरहेको प्रतियोगिता मध्ये सबै भन्दा ठुलो बजेटको प्रतियोगिता हो । विद्यार्थीहरुको वौद्धिक क्षमतालाई एक अर्कावीचमा प्रतिष्पर्धा गराउदै उनीहरुको वौद्धिकतालाई प्रष्फुटन गर्नको लागि सुनसरी जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सहभागि गराईन्छ । यो हिबिस्कस क्विज मेनियाले अहिलेसम्म तेस्रो सिजन सफलता पूर्वक सम्पन्न गरीसकेको छ । हिबिस्कस कवीज मेनियामा यस विद्यालयले दुई पटक जित हात पारिसकेको छ ।

QUIZ MANIYA

ख) हिबिस्कस सिङ्गीङ आईडलः विद्यार्थीहरुको पढाई मात्र नभएर उनीहरुको भित्र रहेको गायन कला र प्रतिभालाई प्रष्फुटन् गर्नका लागि यस विद्यालयले आफ्नो विद्यालय भित्रका नानीहरुलाई प्रतिस्पर्धात्मक ढंगबाट कलालाई निखार्नको लागि हिबिस्कस सिङ्गीङ आईडल सञ्चालन गर्न थालेको छ । यो कार्यक्रम मार्फत नानीहरुले आफ्नो गाउने कला र कौशलतालाई प्रस्फुटन गर्न अवसर प्राप्त गरेका छन् । जसको कारण अन्य विद्यालयले आयोजना गर्ने प्रतियोगिताहरुमा विजेता वन्नलाई यहाँका विद्यार्थीहरुलाई थप हौसला मिलेको छ ।

ग) हिबिस्कस डान्सिङ आईडल ः विद्यार्थीहरु भित्र रहेको नृत्य कला र प्रतिभालाई उजागर गर्न विद्यालयले आफ्नो विद्यालय भित्रका नानीहरुलाई लक्षित गरेर प्रतिस्पर्धात्मक हिबिस्कस डान्सिङ आईडल कार्यक्रम सञ्चालन गर्न थालेको छ । यो कार्यक्रम मार्फत नानीहरुले आफ्नो नाच्ने कला र कौशलतालाई प्रस्फुटन गर्ने अवसर प्राप्त गरेका छन् । जसको माध्यमले धरान होस वा जिल्ला भरीमा आयोजना हुने प्रतियोगिताहरुमा विजेता वन्नको लागि यहाँका विद्यार्थीहरुलाई थप प्रोत्साहन मिलेको छ ।

घ) देउसी भैलो प्रतियोगिताः युवा पुस्ताबाट पछिल्लो समय बिकृति तर्फ लम्कदै गएकौ देउसी÷भैलो संस्कृतिलाई संरक्षण तथा प्रबर्धन गर्न देउसी भैलो प्रतियोगिता समेत आयोजना गर्दै आईरहेका छ ।

hibiscus DEUSI  = 8 ङ) समय सन्दर्भको प्रतियोगिताहरुः स्कुलले समय सापेक्ष विभिन्न प्रतियोगिताहरु पनि सञ्चालन गर्दै आईरहेको छ जस्तैं हेण्ड राईटिङ प्रतियोगित, बादबिबाद प्रतियोगिता, सानासाना नानीहरु बजारमा सामाग्री खरीद सम्वन्धि ज्ञान, बिभिन्न कला प्रर्दशनी, विज्ञान तथा प्रर्दशनी तथा कला नृत्यको प्रस्तुति आदि गर्दै आइरहेको छ ।

२) खेलकुदमा हिबिस्कसः स्कुलले हिबिस्कस ई.बो.स्कुलमा उत्तिकै सजगकताका साथ विद्यालयले आफ्नो क्यालेण्डर बनाई विभिन्न किसिमको खेलकुदको तालिम तथा प्रतियोगिताहरु सञ्चालन गर्दै आईरहेको छ ।

क) ताईक्वान्दोः विद्यालयमा नै हाल ताईक्वान्दोको प्रशिक्षण दिंदै आईरहेकोछ ।
ख) फुटबल ः विद्यालयले दिने तालिमहरु मध्ये अर्को तालमि भनेको फुटबल हो । यसमा कक्षा–५ सम्मको एउटा समुह र कक्षा–८ सम्मको अर्को समुह गरेर दुई समुहलाई प्रतियोगितात्मक तालिम दिईदैं आएको छ ।
माथी उल्लेखित खेलकुद तालिम बाहेक स्पोर्टस विक पनि मनाउने गरेको छ । जहाँ प्रतिस्पर्धात्मक खेलकुदहरु सञ्चालन गरिनेछ ।यस विद्यालयले सञ्चालन गर्ने तालिमहरुमा विद्यालयले कुनै किसिमको शुल्क लिदैन भने कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई भने SEE को परक्षिामा उत्कृट नतिजालाई लक्षित गरेर खेलकुद सम्वन्धी सबै तालिमहरुमा सहभागि गराउदैन ।

३) हिबिस्कस नै किन ?

अहिले हिबिस्कस स्कुल नै किन भन्ने प्रसङ्गमा हाम्रो विद्यालयको सफलताले नै सबैको मनलाई डो¥याउछ ।
२०८० सालको SEE परीक्षामा पनि ३ जनाले A+ ग्रेड ल्याउन सफल भएका थिए । त्यसैगरी A ग्रेड ल्याउने बिद्यार्थीको संख्या ८ थियो भने B+ ग्रेड ल्याउनेको २ जना र B ग्रेड ल्याउनेको संख्या २ जना रहेको थियो । यहीं रिजल्टले पनि बताउछ कि यहाँ दिईने शिक्षाको गुणस्तर राम्रो छ भनेर । त्यैसैगरी हिबिस्कस स्कुल नै किन भन्ने बारे तल प्रस्तुत गरिएकोछ ।

क) उत्कृष्ट शैक्षिक गुणस्तरः हाम्रो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेकोछ । जसले विद्यार्थीहरुको ब्यक्तित्व विकास र शैक्षिक सफलता सुनिश्चित गर्दछ ।

ख) अनुभवी र पारीवारिक शिक्षक तथा कुसल ब्यवस्थापकः हाम्रो विद्यालयमा दक्ष तथा अनुभवी शिक्षक, दक्ष प्रशिक्षक तथा कुसल व्यवस्थापक रहेका छन् । जसले प्रत्येक विद्यार्थीहरुको व्यक्तिगत आवश्यक्तालाई बुझेर पढाउने कार्यसगैं ब्यवहारिक ज्ञानहरु दिने गर्दछ ।

hibiscus = 5

ग) विद्यार्थीहरुको समग्र विकासका लागि ध्यान केन्द्रितः केवल शैक्षिक उपलब्धिमा सीमित नरही हामी विद्यार्थीहरुको नैतिक, साँस्कृतिक र सामाजिक विकासमा पनि जोड दिन्छौं ।

घ) आधुनिक सुबिधा सम्पन्न विज्ञान र कम्प्युटर प्रयोगशाला ः यस विद्यालयमा आधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशालाको सुविधा उपलब्ध रहेका छन् ।

HIBISCUS = 9 SCIENCE ङ) अनुकुल वातावरणः विद्यार्थीहरुको सिकाईका लागि सुरक्षित प्रेरणादायी, अनुकुल तथा पारिवारिक वातावरणमा प्रदान गरिन्छ ।

च) सफलता ईतिहासः विगतका उत्कृष्ट नतिजा र सफल विद्यार्थीहरुले हाम्रो विद्यालयलाई अझ विश्वासिलो बनाएका छन् ।
छ) समय सापेक्ष शिक्षाः आधुनिक प्रविधीको प्रयोगसगैं नयाँ चलन अनुसार STEAM Education Class, Learning with doing, Project based Learning जस्ता सिद्धान्तमा आधारित शिक्षा रहेको छ ।
विद्यार्थीलाई इन्स्योरेन्सको सुविधाः विद्यालयमा अध्ययनरत नानीहरुको पनि विद्यालयले निःशुल्क इन्स्योरेन्स सुविधा उपलब्ध गराएको छ । नानीहरु जुनै बेला र जहाँ पनि चोटपटक लाग्यो वा लड्यो भने इन्स्योरेन्स हस्पिटलमा उपचार गराईसके पछि सो को क्षति इन्स्योरेन्सले ब्यहोर्ने छ ।

अतिरिक्त विद्यार्थीहरुलाई अतिरिक्त थप कक्षाः विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्येबाट कमजोर रहेका विद्यार्थीहरुका लागि लामो विदाको समयमा निःशुल्क बुस्टिङ कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ । त्यसै गरी पढाईमा अधिकतम् हेरचाह गर्न अन्य थप बुस्टिङ कक्षाहरु समेत सञ्चालन गर्दै आई रहेको छ ।

बिदेशी नागरिकद्धारा अध्यापन गराईनेः यस विद्यालयमा प्रत्येक वर्ष स्वीडेनका अवकास प्राप्त नागरिक जोन डेनिस ज्याकद्धारा प्रत्येक वर्ष करिब १५ दिन नेपाल आएर त्यहाको संस्कार तथा आफ्ना अनुभव सुनाउदैं शिक्षण कला आदानप्रदान गर्ने गर्दछ । यो अभ्यास दुई वर्ष भईसकेकोछ । यो प्रकृया अझै निरन्तर चलिनरहनेछ ।

BIDESHI SAMMAN धरानमा पहिलो कानुन विषयमा अध्यापन गराउने स्कुल हिबिस्कसः हिविस्कस स्कुलमा कक्षा ११ र १२ मा कानुन विषयमा अध्यापन हुने पहिलो स्कुल हो हिबिस्कस ई.बो.स्कुल । पढ्दै कमाउदै अध्ययन गर्न सकिने ब्यवहारमुखी शिक्षा प्रदान गर्ने उदेश्यले यो विषय पढाउन थालिएको हो । यो कक्षा २०७९ सालबाट सञ्चालनमा आएको हो ।

३) आगामी योजनामा हिबिस्कसः यस विद्यालयले माथी उल्लेख गरिएका कार्यहरुको अतिरिक्त कृयाकलापलहरुलाई निरन्तरता दिदैं एसईइ परीक्षामा आएको A+ ग्रेड रिजल्टलाई निरन्तरता दिनै अझ अध्ययन÷अध्यापनमा सुधार गर्दै लैजान पर्ने अवस्था रहेकोछ । घोकन्ते शिक्षा भन्दा बुझन्ते शिक्षालाई अझ बिस्तार लैजाने रहेकोछ ।
ख) बाल क्लव जस्ता अन्य सामाजिक क्लबहरुको गठन गरि उनीहरुको नेतृत्व तथा ब्यक्तित्व बिकास गराउने ।
ग) ECD कक्षाका लागि आवासीय ब्यवस्थाको प्रबन्ध गरिने ।

 

युनाइटेड गोर्खा एकेडेमीद्धारा निःशुल्क आँखा शिविर

छाल खवरधरान,५ माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले निःशुल्क आँखा श ...

सहिदस्मृति मा.वि.को ६७ औं वार्षिक उत्सव सम्पन्न

छाल खवर धरान,७ माघः सहिदस्मृति माध्यामिक विद्यालय धरान–८ले आफ्नो ६७ औ ...

मारवाडी सेवा धरानको निशुल्क स्वास्थ्य शिविर सम्पन्

छाल खबर,  धरान ५ मा : मारवाडी सेवा समिति धरानले निशुल्क स्वास्थ्य शिव ...

धरान प्लस टु अरेटरी च्यालेन्जमा १७ छनौट

छाल खवर धरान,१ माघः विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने उद ...

समावेशी शिक्षाका लागि समग्र विद्यालय दृष्टिकोणः सब

सम्पूर्ण विद्यालय दृष्टिकोण विद्यार्थीको सिकाइ, भावनात्मक कल्याण र व्यवहार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic