सहिदस्मृति मा.वि.को ६७ औं वार्षिक उत्सव सम्पन्न सहयोगीदाता र शिक्षकहरु सम्मानित

  • माघ ७, २०८१
  • १,४७७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,७ माघः सहिदस्मृति माध्यामिक विद्यालय धरान–८ले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

स्कुलले सहयोगी दाता सहित शिक्षकहरुलाई सम्मान र खेलकुदका विजेतालाई पुरस्कृत गर्दै दिवस सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार वस्नेतले सहिदका विद्यार्थीहरुले वनाएको रोवर्ट मार्फत रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

SAHID = 6

स्कुलले १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने युवा व्यवसायी सुमेधा एजुकेशन नेटवर्क प्रा.लिका सिइओ सुरेन्द्र घिमिरेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो भने स्कुलका विपन्न परिवारका १सय २५ जनालाई न्यायो स्वेटर वितरण गरी सहयोग गर्ने दाता राउण्ड टेवल २६ का प्रतिनिधि पूर्व अध्यक्ष लक्ष्मी कान्त विहानी (एलके)लाई दोसल्ला ओढाएर सम्मान–पत्र सम्मान गरीएको थियो ।

दाता दुवैलाई कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका थिए ।

त्यसैगरी विद्यालयमा उत्कृष्ट कार्य गर्ने पूर्व प्रधानाध्यापक टंक भट्टराई, वोधराज कुवर, लक्ष्मी भट्टराई सम्मान गरीएको थियो ।

विद्यालयमा आर्थिक सहयोग गर्ने शिक्षकहरु सतिश कुमार राय, मनोज कुमार शाह, गीता राई पनि दोसल्ला ओढाई सम्मान–पत्रले सम्मान गरीएको थियो ।

SAHID = 4

सो कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताहरुमा विजेताहरु हुनेस विद्यार्थीहरुलाई प्रमाण–पत्र र मेडल पुरस्कार प्रदान गरीएको थियो ।

सम्मानीत दाताहरुलाई प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले र विजेता खेलाडीहरुलाई विशेष अतिथि धरान नगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि रमेश कुमार वस्नेतले शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि शिक्षक,विद्यार्थी र अभिभावकको उत्तिकै महत्वपूण भूमिका रहने वताए ।

२१ औं शताव्दीको शिक्षा प्रविधि मैत्री हुनुपर्नेमा जोडदिदै प्राविधिक शिक्षामा जोडदिन सुझाव दिएका थिए ।
सहिदमा प्राविधिकधारको ४ वर्षे कम्प्युटर इन्जिनियरीङ्गको पढाई हुदै आएको छ ।

SAHID = 2

त्यसैगरी विशेष अतिथि गणेश खतिवडाले शिक्षामा धेरै कुराको सुधारको खाचो रहेको वताए । विद्यार्थीहरुले तयार पारेको विज्ञान प्रयोगशाला पनि प्रर्दशनी गरीएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष जयबहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रम शिक्षक राजन बनले संचालन गरेका थिए ।

स्कुलका प्रधानाध्यापक रामबहादुर विष्टले वार्षिक कार्यक्रम तथा योजनाहरु सार्वजनिक गरेका थिए ।

कार्यक्रममा किरातेश्वर मा.वि.का प्र.अ. योगेन्द्र पालुङ्वा, शिक्षा सदन मा.वि.का प्र.अ.अमर वस्नेत,सरस्वति मा.वि. पानवारीका प्र.अ. गंगा धमला लगायतको उपस्थिति रहेकोस थियो ।

SAHID = 7 SADID = 9 SAHID = 3 SAHID = 9 SAHID = 10 SAHID =8 SAHID=5 SAHID = 6 5

KIRATESWOR.jpg BIJATA PHOTO

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic