माघको तेस्रो साता युजिए कप

  • माघ १३, २०८१
  • ४,५३१ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१० माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ले ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

स्कुलले दिएको जनकारी अनुसार माघ २३ गते देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

शारीरिक मानसिक तथा सामाजिक स्वास्थ्य सुधारमा प्रतिवद्धता, नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगिता शीषक दिइएको सो प्रतियोगितामा धरानमा सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागीता जनाउने छन् ।

स्कुलले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने टिमले क्रमस २५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र,दोस्रो हुनेले २० हजार ट्रफि मेडल र प्रमाण–पत्र र १५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र प्रदान गरीने छ ।

प्रतियोगितामा छात्रतर्फ वेष्ट सर्भिस,वेष्ट डिफेन्स,वेष्ट सटर,वेष्ट स्पिकर,वेष्ट व्लकर,वेष्ट प्लेयर पुरस्कारको व्यवस्था गरीएको छ ।

त्यसैगरी छात्रातर्फ वेष्टि सर्भिस,वेष्ट डिफेन्स,वेष्ट सटर,वेष्ट स्पिकर,वेष्ट प्लेयरको पुरस्कार राखिएको स्कुलले जनाएको छ ।

सवै विधामा पुरस्कृत भएका खेलाडीहरुलाई प्रति खेलाडी १हजार २ सय रुपैया नगद पुरस्कार, प्रमाण–पत्र र ट्रफि पुरस्कार प्रदान गरीने स्कुलका प्रिन्सिपल शेर्पाले जानकारी दिएकाछन् ।

खेलाडीहरुलाई थप हौसाल प्रदान गर्नको लागि विभिन्न विधामा पुरस्कारको व्यवस्था गरीएको शेर्पाको भनाई रहेको छ ।

विद्यार्थीहरुको पढाईका अतिरिक्त शारीरिक तन्दुरुस्ती र विकासको लागि खेदकुद प्रतियोगिताको आयोजना गरीएको स्कुलका प्रिन्सिपल पेम्वा शेर्पाले जानकारी दिएकाछन् ।

विद्यार्थीहरुलाई पढाईमा मात्र खेलकुदमा समेत अगाडी वनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीदै आएको प्रिन्सिपल शेर्पाले वताए ।

स्कुलले भलिवल खेललाई आफ्नो स्कुलको व्राण्डको रुपमा कायम गरेको छ । स्कुलले हरेक वर्ष अन्तर विद्यालयस्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रिन्सिपल शेर्पाको भनाई रहेको छ ।

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic