मनमौजी शिक्षक सरुवा गर्दे धरान उपमहानगरपालिकाको : शिक्षा महाशाखा वडाअध्यक्ष फागोले स्कुललाई आफन्त भर्ती केन्द्र बनाए : व्यवस्थापन समिती सदस्य –राई

  • माघ १५, २०८१
  • ४,३०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ माघः धरान उपमहानगरपालिका धरान ११ स्थित ज्ञानोदय माविमा शिक्षा महाशाखाले मनपरी शिक्षक सरुवा गरेको पाईएको छ ।

११ नम्बर वडाअध्यक्ष लोकेन्द्र फागो र शिक्षा महाशाखाका प्रमुख गणेश प्रसाद खतिवडाले आफनो मनमौजी शिक्षक सरुवा गरेका हुन् । वडाअध्यक्ष फागो शिक्षा समितीका सदस्य समेत हुन ।

धरान उपमहानगरपालिका वडा नम्बर २० भालढुङा माध्यमिक विद्यालयमा डेढ बर्ष अघिमात्र सरुवा भएर गएका हुन कृष्ण कला लिम्बु ।उनै शिक्षिका लिम्बुलाई शिक्षा महाशाखाले भर्खरै मात्र धरान ११ स्थित ज्ञानोदय माविमा २०८१ मंसिर २६ गते सरुवाको अनुमती दिएको छ । भने सोही भालढुङा स्कुलका प्रावि तहको शिक्षिका हुन कविता राई ।शिक्षिक राई सरुवाको प्रकृया समेत शिक्षा महाशाखाले थालेको छ ।
शिक्षकहरुको सुरुवाको प्रकृयाबाट भालढुङा मावि का विद्यार्थीहरु मारमा पर्दे छन ।

एक तँ धरानकै दुर्गम ठाँउ जहाँ २ देखी ३ घण्टा हिडेर पढनका विद्यार्थीले शिक्षक नभएका कारण अध्ययन अध्यापनबाट बञ्चित समेत हुनुपर्ने अवस्था आएको एक विद्यार्थीले बताए ।

धरान उपमहानगरपालिका शिक्षा नियामावली २०७४ को दफा ५७ को उपदफा १,२,३,४ अनुसार ‘नगरपालिका भित्र एक विद्यालय बाट अर्को विद्यालयमा तह तथा बिषय मिल्ने दरबन्दी भित्र सरुवा गर्दा प्रमुख प्रशासकिय अधिकृतले सरुवा गर्न सक्ने व्यवस्था छ । भने शिक्षक सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिने व्यवस्था छ ।

एक पटक सरुवा भएका शिक्षकले त्यस विद्यालयमा साधारणतया अर्को पटक सरुवा लिन चाहे ४ बर्ष पुगेपछिमात्र सरुवा लिने प्रावधान रहेको छ ।’

नियामवलीमा जस्तो प्रावधान रहेता पनि शिक्षा महाशाखा प्रमुख खतिवडाले शिक्षा नियामवलीलाई वेवास्ता गर्दे शिक्षक लिम्बुलाई २०८१ मंसिर २४ गते सरुवाका निर्णय गर्दे मंसिर २६ गते सुरुवाको अनुमती पत्र पठाएका हुन ।

शिक्षा महाशाखाका प्रमुख खतिवडाले शिक्षक सरुवा अनुमति प्रशासकिय अधिकृतले मात्र गर्ने वेवस्ता रहे पनि प्रशासकिय अधिकृत नभएका बेला सरुवा अनुमति दिएका हुन ।

प्रशासकिय अधिकृत भुपेन्द्र राई मंसिर १६ गते सरुवा लिएर गएका थिए भने अर्का प्रशासकिय अधिकृत अम्बिका चौलागाई पुस ३ गते उपमहानगरपालिका हाजीर भएका थिए ।

दुवै प्रशासकिय अधिकृत नभएको मौका छोपि भालढुङा शिक्षिका लिम्बुलाई महाशाखा प्रमुख खतिवडाले मंसिर २६ गते सरुवाको स्वीकृती दिएका हुन । भालढुङा स्कुलका प्रध्यानाध्यापक सुरेन्द्र अधिकारीले मंसिर २७ गते रमना दिएका छन ।

शिक्षा मन्त्रालयले जारी गरेको शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ को परिच्छेद ३ को दफा ९ को उपदफा १ बमोजिम शिक्षक सरुवा गर्दा स्थानीय तहले दफा ९ बमोजिम १५ दिन भित्र सुचना आफनो वेवसाईटमा वा सुचना पार्टी र विद्यालयमा प्रकाशन गनुपर्ने छ ।

नियमावली अनुसार सुचना पार्टीमा सुचना टाँस गनुपर्ने जस्ता नियम रहेपनि स्कुल र शिक्षा शाखाले कुनैपनि प्रकृया नअपनाएको एक स्रोतले बताएको छ ।

विवादका बिच शिक्षक सुरुवा प्रकृया सुरु

शिक्षिका राईलाई सरुवाको प्रकया सुरु देखि नै स्कुलका प्रअ र शिक्षक अभिभावक संघ र व्यवस्थापन समितीक सदस्य बिच शिक्षकहरुले विरोध समेत गरेका थिए ।

शिक्षकका विवादका बिच समेत शिक्षकहरुको कुरा अस्विकार गर्दे प्रअ र वडाअध्यक्षले शिक्षक सरुवा अगाडी बढाएका हुन ।

नगर प्रमुख हर्क साम्पाङको आदेशमा सरुवा

नियम विपरीत शिक्षक सरुवा गरिएको बारे शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडासँग सम्पर्क गर्दा उनले शिक्षक सरुवा नगर प्रमुख हर्क साम्पाङको निर्णयको आधारमा भएको बताए ।

उनले भने ‘शिक्षक सरुवा मेयर साबको निर्णय अनुसार भएको हो ।’ उनले धरान उपमहानगरपालिकाको शिक्षा नियमावली नै नबनेको बताए । तर उपमहानगरपालिकाको वेबसाइटमा भने शिक्षा नियमावली राखिएको छ । उक्त नियमावली २०७४ सालमा बनेको हो ।

विद्यालय व्यवस्थापन समिती नभएको अवस्थामा शिक्षक सरुवा

उच्च अदालत बिराटनगरले अन्तरिम आदेश जारी गर्दे ज्ञानोदय मावि स्कुलको विद्यालय व्यवस्थापन समिती नभएको अवस्थामा केही काम पनि नगर्नु नगराउनु भनेको छ । भने स्कुलले अदालतको अन्तरिम आदेश उल्घङन गर्दे शिक्षक सरुवा गरेको छ । ज्ञानोदय स्कुलले विद्यालय व्यवस्थापन समितीका भएका दुई जना सदस्यहरुलाई समेत नसोधि आफखुसी शिक्षक भर्ती गरेका हुन ।

वडाअध्यक्ष फागोको आफन्त भर्ती केन्द्र स्कुल भएको छ : राई

विद्यालय व्यवस्थापन समितीका सदस्य कला राईले भने ‘वडाअध्यक्ष फागोले स्कुललाई आफनो आफन्तको भर्ती केन्द्र बनाएको छन ।

उनले वडाअध्यक्ष फागोको शिक्षिका लिम्बु साईनोले छोरी हुन भने शिक्षिका रार्ई ज्वाईका आफनै भाउजु (सोही स्कुलका शिक्षक रिद्धि कुमार राई) हुन । विद्यालयमा व्यवस्थापन समिती खारेज गर्ने लगाउने पनि वडाअध्यक्ष फागो हुन ।

उनको स्कुलमा हाली मुहाली छ । उनी पूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पनि हुन । तर पुन आफै अध्यक्ष हुनु पर्ने माग राख्दै उनै वडाअध्यक्ष फागोले विद्यालय व्यवस्थापन समिती भङग समेत गरि दिएको राईले बताईन ।

सो बिषयमा बुझन ज्ञानोदय विद्यालयका प्रअ देव कुमार श्रेष्ठलाई फोन सम्पर्क गर्दा उठाएनन । भने वडाअध्यक्ष फागोलाई सम्पर्क गर्दा फोन रिसिभ गरेपछि सो बिषयमा सोध्दा उनले अहिले म फुर्सद छैन भरै फोन गर्छु भन्दै फोन काटिदिए ।

 

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic