युजिए कपमा छात्रातर्फ १६ र छात्रतर्फ १७ टिम सहभागी हुने

  • माघ १९, २०८१
  • ८४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० माघः माघको तेस्रो आयोजना हुने ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगितामा ३३ टिमले सहभागीता जनाउने भएकाछन् ।

आयोजकले दिएको जानकारी अनुसार छात्रातर्फ १६ टिमले सहभागीता जनाउने छन् भने छात्रतर्फ १७ टिमले सहभागिता जनाउनेछन् ।

युनाईटेड गोर्खा एकेडेमी धरान–१५ले को आयोजनामा ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगिताआयोजना हुनेछ ।

स्कुलले दिएको जनकारी अनुसार माघ २३ गते देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

शारीरिक मानसिक तथा सामाजिक स्वास्थ्य सुधारमा प्रतिवद्धता, नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगिता शीषक दिइएको सो प्रतियोगितामा धरानमा सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागीता जनाउने छन् ।


स्कुलले दिएको जानकारी अनुसार माघ २१ गते १ वजे खेल तालिका सार्वजनिक भएपछि मात्र कुन कुन स्कुलवीच प्रतिष्पर्धा हुने भन्ने कुरा तय हुने छ ।

स्कुलले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने टिमले क्रमस २५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र,दोस्रो हुनेले २० हजार ट्रफि मेडल र प्रमाण–पत्र र १५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र प्रदान गरीने छ ।

प्रतियोगितामा छात्रतर्फ वेष्ट सर्भिस,वेष्ट डिफेन्स,वेष्ट सटर,वेष्ट स्पिकर,वेष्ट व्लकर,वेष्ट प्लेयर पुरस्कारको व्यवस्था गरीएको छ ।

त्यसैगरी छात्रातर्फ वेष्टि सर्भिस,वेष्ट डिफेन्स,वेष्ट सटर,वेष्ट स्पिकर,वेष्ट प्लेयरको पुरस्कार राखिएको स्कुलले जनाएको छ ।

सवै विधामा पुरस्कृत भएका खेलाडीहरुलाई प्रति खेलाडी १ हजार २ सय रुपैया नगद पुरस्कार, प्रमाण–पत्र र ट्रफि पुरस्कार प्रदान गरीने स्कुलका प्रिन्सिपल शेर्पाले जानकारी दिएकाछन् ।

गतवर्षको विजेता छात्रतर्फको विश्व आर्दश इङ्लिस वोृडिङ स्कुल इटहरी प्रथम र बालविकास इङ्लिस स्कुल दोस्रो वनेका थिए भने छात्रातर्फ युनाईटेड एकेडेमी धरान ए प्रथम र धरान आर्दश स्कुल दोस्रो वनेको थियो ।

खेलाडीहरुलाई थप हौसाल प्रदान गर्नको लागि विभिन्न विधामा पुरस्कारको व्यवस्था गरीएको शेर्पाको भनाई रहेको छ ।

विद्यार्थीहरुको पढाईका अतिरिक्त शारीरिक तन्दुरुस्ती र विकासको लागि खेदकुद प्रतियोगिताको आयोजना गरीएको स्कुलका प्रिन्सिपल पेम्वा शेर्पाले जानकारी दिएकाछन् ।

विद्यार्थीहरुलाई पढाईमा मात्र खेलकुदमा समेत अगाडी वनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीदै आएको प्रिन्सिपल शेर्पाले वताए ।
स्कुलले भलिवल खेललाई आफ्नो स्कुलको व्राण्डको रुपमा कायम गरेको छ । स्कुलले हरेक वर्ष अन्तर विद्यालयस्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रिन्सिपल शेर्पाको भनाई रहेको छ ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic