सरस्वति पूजामा हिबिस्कस बाल क्लवद्धारा लोकनृत्य प्रतियोगिता

  • माघ २१, २०८१
  • ७५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ स्थित हिविस्कस बाल क्लव ले सरस्वति पूजाका अवसरमा अन्तर विद्यालय स्तरीय लोकनृत्य सम्पन्न गरेको छ ।

प्रतियोगितामा सिद्धार्थ शिशुसदन स्कुलकी सुवासना श्रेष्ठ प्रथम वनेकी छिन भने लिवर्टी रेसिडेन्सियल वोडिङ स्कुलकी टिका मगर दोस्रो वनेकी थिइन ।

त्यसैगरी जेनिथ वोडिङ स्कुलकी प्रिन्सा मगर तेस्रो र धरान स्कोलर एकेडेमीकी इक्सा लिम्वु सान्तवना वनेकी थिइन् ।

विजेता वनेकी श्रेष्ठले ४ हजार नगद,ट्रफि, मेडल र प्रमाण–पत्र हात पारेकी थिइन भने दोस्रो वनेकी टिका मगरले ३ हजार नगद,ट्रफि मेडल र प्रमाण–पत्र हात पारेकी थिइन् ।

प्रतियोगितामा जेनिथकी प्रिन्सा मगरले नगद २ हजार ट्रफि मेडल र प्रमाण–पत्र हात पार्न सफल वनेकी थिइन ।

प्रतियोगितामा धरान स्कोलर एकेडेमीकी इक्सा लिम्वूले सान्तवना पुरस्कार प्राप्त गरेकी थिइन ।
प्रतियोगिताको निर्णायकहरुमा सरस्वती योगी र मणि लिम्वु रहेका थिए ।

प्रतियोगितामा धरानभरीका ९ वटा स्कुलका ११ जनाले सहभागीता जनाएका थिए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथिद्धय धरान वडा नं. १५ का वडा सदस्य वादल भट्टराई र एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्वुले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

सरस्वति पूजाका अवसरमा पूजा अर्चना मात्र नभएर विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नको लागि नृत्य प्रतियोगिताको आयोजना गरीएको हिविस्कस स्कुलका निर्देशक गंगाराम राईले वताए ।

यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने अवसर प्राप्त हुनुका साथै पढाईका अतिरीक्त कृयाकलापमा पनि विद्यार्थीहरुलाई अगाडी वढाउन मद्धत पुग्ने वताए ।

कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, प्रमुख अतिथिद्धय वडा सदस्य वादल भट्टराई र भगत लिम्वु,क्रियटिम स्कुल सर्कल धरानका सचिव पृथ्वी राइका मगरले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजन १५ वडा समितिले गरेको थियो ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic