सुमेधा बतृत्वकला प्रतियोगितामा योन्जन प्रथम

  • फागुन ३, २०८१
  • ३,४७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ फागुनः –याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधि धरान–मेघा हिमालयनकी क्याथरिन योन्जनले हात पारेकी छिन् ।

शुक्रवार भएको फाइनलमा क्याथरिनले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।

उनले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन।

धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न फाइनलमा शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलकी देवका कार्की दोश्रो वनेकीछिन ।उनले नगद ८ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन।

एम्स एकेडेमीकी अदिति झा तृतीय भएकी थिइन उनले ४ हजार नगद सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन।

यता पब्लिक मा.वि.फुस्रेका बालकुमार राई सान्त्वना भएर २ हजार नगद सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे।

प्रतियोगिताको उप–शीषकमा समेत पुरस्कार प्रदान गरिएको थियो।शिक्षा निकेतन मा.वि.की पुजा लम्साल र लाक्पा तामाङले क्रमश डिसिप्लिन र अराटोरिकल स्पिकरको उपाधि प्राप्त गरे।

पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राईले क्रमशःइन्फर्मेटिभ र पङ्चुअल स्पिकरको उपाधी जिते। सियोन स्कुलकी सोनिया नेपालीले सिन्सियर स्पिकरको उपाधि जितिन भने धरान मा.वि.की स्मृति लिम्बुले मोटिभेस्नल स्पिकरको उपाधी हात पारिन।

उपबिजेताहरुले जनही १÷१ नगद सहित प्रमाण–पत्र प्राप्त गरे।

बिजेता र उप–बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उप–प्रमुख अइन्द्र बिक्रम बेघा, मन्टेसोरी किन्डर गार्टेनका संचालक गौरबमान श्रेष्ठ र सहिद स्मृति मा.वि.का प्रधानाध्यापक राम बहादुर बिष्टले नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरे।

सहभागिहरुलाई लागु औषध चुनौति र समाधानका उपाय, छोराचोरीको भबिष्य निर्माणमा आमा(बुवाको भुमिका, सामाजिक सद्भाव र युवाको दायित्व, स्वदेसमै भबिष्य स्वदेसमै रोजगार र युवाको चाहनास् बिकसित नेपालको परिकल्पना गरी ५ वटा शिर्षकहरु दिइएको थियो।

उत्कृष्ट १० प्रतिष्पर्धीहरुलाई गोला प्रथाद्वारा ५ वटा शिर्षकहरुमध्ये दुई जना प्रतिष्पर्धीलाई एउटै शिर्षक परेको थियो।

बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा।लि।का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.वि.का शिक्षक टंक भट्टराई थिए।

कार्यक्रममा सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरानका सिइओ.सुरेन्द्र घिमिरे,समाजसेवी सुस्मिता लिम्बु लगायतको उपस्थिति थियो।सोनि यादबले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन आहाना प्रधानले गरिन।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic