धरानको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म

  • फागुन १०, २०८१
  • ३,२३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुनः माघको तेस्रो साताबाट धरान रङ्गशालामा संचालन भईरहेको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म थप भएको छ ।

बिजनेस एक्स्पोको आज समापन हुने भए पनि एक्स्पोमा जारी जुत्ता चप्पल मेला भने फागुन २५ गतेसम्म थप गरीएको आयोजकले जनाएको छ ।

आयोजकले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म चल्ने जानकारी दिएको हो ।

first-walk मेला आयोजक समितिका सदस्य एवम् फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न र स्वदेशी उत्पादनहरूको उपभोग गर्न जागरूक गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए ।

ग्राहकहरूलाई कम्पनीको उत्पादन लागत मूल्यमै जुत्ता चप्पल उपलब्ध गराउन मेला आयोजना गरिएको न्यौपानेको भनाई रहेको छ ।

विशेष गरी नयाँ शैक्षिक शत्रमा विद्यार्थीहरूका लागी प्रयोग हुने जुत्ताहरू अत्यन्तै सस्तो मूल्यमा उपलब्ध गराएको बताए ।

मेला आयोजक समितिका संयोजक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

मेलामा पाँचवटा नेपाली ब्राण्डमा हजार भन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहेको उनले बजार मूल्य भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराएको बताए ।

मेलामा हिमाल सुज, फर्स्ट वाक सुज, विएफ डियरहिल सुज, स्मार्ट सुज, सु ल्याण्ड ब्रान्डका जुत्ता चप्पलहरू विक्रीमा राखिएका छन् ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic