धरानको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म

  • फागुन १०, २०८१
  • ३,४८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुनः माघको तेस्रो साताबाट धरान रङ्गशालामा संचालन भईरहेको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म थप भएको छ ।

बिजनेस एक्स्पोको आज समापन हुने भए पनि एक्स्पोमा जारी जुत्ता चप्पल मेला भने फागुन २५ गतेसम्म थप गरीएको आयोजकले जनाएको छ ।

आयोजकले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म चल्ने जानकारी दिएको हो ।

first-walk मेला आयोजक समितिका सदस्य एवम् फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न र स्वदेशी उत्पादनहरूको उपभोग गर्न जागरूक गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए ।

ग्राहकहरूलाई कम्पनीको उत्पादन लागत मूल्यमै जुत्ता चप्पल उपलब्ध गराउन मेला आयोजना गरिएको न्यौपानेको भनाई रहेको छ ।

विशेष गरी नयाँ शैक्षिक शत्रमा विद्यार्थीहरूका लागी प्रयोग हुने जुत्ताहरू अत्यन्तै सस्तो मूल्यमा उपलब्ध गराएको बताए ।

मेला आयोजक समितिका संयोजक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

मेलामा पाँचवटा नेपाली ब्राण्डमा हजार भन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहेको उनले बजार मूल्य भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराएको बताए ।

मेलामा हिमाल सुज, फर्स्ट वाक सुज, विएफ डियरहिल सुज, स्मार्ट सुज, सु ल्याण्ड ब्रान्डका जुत्ता चप्पलहरू विक्रीमा राखिएका छन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic