लिवर्टी स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

  • फागुन १३, २०८१
  • २,३०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ फागुनः लिवर्टी रेसिडेन्सियल स्कुल धरान–११ ले ८ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

स्कुलको १८ औ वार्षिक दिवस तथा अभिभावक भेलाका अवसरमा मंगलवार उनीहरुलाई सम्मान गरीएको हो ।

सम्मानीति हुनेहरुमा सावित्रि झा एयर होस्टेज,अमिशा मास्के सिएसआइटी,मोनिका प्रधान विएस्सी नर्सिङ,मेरीलुङ लिम्वु एमटेक अध्ययनरत हात्तिसार,सुमन लिम्वु इलेक्ट्रोनिक्स इन्जिनियर क्यानडा,मौसमी कार्की संचारकर्मी कृति टेलिभिजन, क्रिष्टीना राई एम विविएस, अन्जना हुक्पाचोङवाङ विएस्सी नर्सिङ अमेरीका रहेकाछन् ।

LIBERTY SCHOOL NEWS PHOTO= 2 सम्मानीत विद्यार्थीहरु तथा उनका अभिभावकहरुलाई सम्मान पत्रले सम्मानीत गरीएको थियो ।

सम्मानित विद्यार्थीहरुलाई कोशी प्रदेशका माननीय कार्यक्रमका प्रमुख अतिथि विजय कुमार राई,स्कुलका निर्देशक तेजमान लिम्वु, प्रिन्सिपल भगत लिम्वुले सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि माननीय विजयकुमार राईले नेपालको शिक्षा गुणस्तरीय र प्रभावकारी रहेको वताए ।

उनले नेपाली विद्यार्थीहरु जुनसुकै देशमा अध्ययन गर्नको लागि गएपनि प्रभावकारी र गुणस्तरीय क्षमता देखाएको दावी समेत गरेका थिए ।

नेपालको शिक्षा विदेशी मुलुकहरुमा टिकाउ र विकाउ मात्र नभएर प्रभावकारी,प्रतिष्पर्धी र विदेशी मुलुकहरुले समेत आयत गर्न सक्ने क्षमताको रहेको उनको भनाईस थियो ।

सोही प्रशंगमा वोल्दै उनले नेपालमा केही भएन भनेर निराशा मात्र व्यक्त गर्ने भन्दा पनि सकारात्मक हुदै आशावादी पनि हुनु पर्नेमा जोड दिएका थिए ।

अभिभावक दिवस औपचारीक रुपमा मनाउने मात्र भन्दा पनि केही नयाँ पन दिउ भनेर पूर्व विद्यार्थीहरुलाई सम्मान गरीएको स्कुलका निर्देशक तेजमान लिम्वुले वताए ।

bhagat sir and tejman sir लिम्वुले विद्यार्थीहरुमा प्रोत्साहन होस भनेर सम्मान गरीएको र आगामी दिनहरुमा पनि अन्य विद्यार्थीहरुलाई सम्मान गर्दै प्रोत्साहन गर्दै लगिने वताए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका गीत नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न चेतना मुलक कार्यक्रमहरु समेत आयोजना गरीएको थियो ।

कार्यक्रममा धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो, प्याव्सन धरानका अध्यक्ष दिपक घिमिरे हिविस्कस वोडिङ स्कुलका निर्देशक गंगाराम राई, देउराली चिल्ड्रेन एकेडेमीका निर्देशक पृथ्वी राईका मगर लगायतको उपस्थिति रहेको थियो ।

SIR MISS

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic