साना किसान कृषि सहकारिद्धारा कृषकलाई कृषि सामाग्री हस्तान्तरण

  • चैत ५, २०८१
  • २,५२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ चैतः साना किसान कृषि सहकारि संस्था लि.धरानले कृषकहरुलाई कृषि सामाग्रि हस्तान्तरण गरेको छ ।

सहकारीले कृषकहरुलाई कृषि कार्यका लागि आवस्यक पर्ने स्प्रे टंकि र मिनि पावर टिलर वितरण गरेको हो ।

कृषि उत्पादनमा कृषि औजारको सहयोगले कृषि व्यवशायलाई थप नया उचाईमा पुग्ने धरानका उपप्रमुख अइन्द्र विक्रम वेघाले वताए ।

साना किसान कृषि सहकारिबाट संचालन गरेका कार्यक्रमहरुले शेयर सदस्यहरुलाई ठूलो मद्धत पुगेको वताए ।

कुनै पनि विपतमा सधै साना किसानआफ्ना सदस्यहरुको एक अभिभावक,एक दरिलो खम्वा वा ढालको रुपमा उभिरहेको महसुस गरेको बताए ।

धरान उपमहानगरपालिका वडा नं. ४,५ र ६ वडाका कृषक शेयर सदस्यहरुलाई स्प्रे टंकि र मिनि टिलर वितरण गरेको संस्थाका व्यवस्थापक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

साना किसान कृषि सहकारि संस्था लि धरानले गत वर्ष पनि सदस्यहरुलाई कुटि काट्ने चाफ कटर र स्प्रे टंकि वितरण गरेको थियो ।वर्षेनि संस्थाले आफ्नै श्रोतमा उच्च गुणस्तरिय कृषि सामाग्रि किसानहरुलाई लागत साझेदारिमा वितरण गरिरहेको श्रेष्ठ भनाई रहेको छ ।

संस्थाले तालिम तथा प्राविधिक सेवा,जोखिम व्यवस्थापन साथै लागत साझेदारिमा कृषि औजार हस्तान्तरण सेवा तथा विउविजन उपलव्ध गराउदै आईरहेको संस्थाका प्रवन्धक विष्णु कुमार श्रेष्ठ जानकारी दिए ।

संस्थाले सहुलियत दरमा कर्जा लगानि गरि किसानहरुले उत्पादन गरेको कृषि उपजहरुको वजारिकरण समेत गर्न थालेको थप जानकारी दिएकाछन् ।

संस्थाका अध्यक्ष शिला राईको अध्यक्षतामा भएको सो कार्यक्रममा धरान उपमहानगरपालिका उप प्रमुख अईन्द्र विक्रम बेघा प्रमुख अतिथि रहेका थिए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic