हङकङमा पहिलो पटक नेपाल फेष्ट हङकङ २०२५ हुँदै

  • चैत ७, २०८१
  • २,८९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ चैतः एस अफ स्पेड्स इन्टरटेनमेन्टको आयोजनामा हङकङमा सांस्कृतिक तथा सांगितिक कार्यक्रम हुने भएको छ ।

नेपाल फेष्ट हङकङ २०२५ नाम दिएको उक्त कार्यक्रम आगामी ३ र ४ मे, २०२५ मा हुने आयोजकले जनाएको छ ।

३ मेको दिन नेपालका ख्यातीप्राप्त कलाकार तथा ब्याण्डहरु १९७४ एडी, रचना दाहाल र हङकङबासी नेपालीको लोकल ब्याण्डको पनि प्रस्तुती रहनेछ ।

कार्यक्रम मा चर्चित ब्याण्ड सविन राई एण्ड द फारोह, अल्बाटोस, स्वर, तृष्णा गुरुङ एण्ड द कोल्याबको पनि प्रस्तुती रहने तथा उद्घोषण पुर्वमिस नेपाल माल्भिाका सुब्बाले गर्नु धरान हङकङ मञ्चका सदस्य रविन तामाङले जानकारी दिए ।

नेपालको कला, सँस्कृतिलाई अर्न्तराष्ट्रियस्तरमा प्रर्वद्धन गर्ने उद्देश्यले हङकङमा सन् २०२१ एस अफ स्पेड्स इन्टरटेनमेन्टको हामिले स्थापना गरेक हौू प्रबन्ध निर्देशक टीका राम सुब्बाले यो संस्थाले विगतदेखि नै ले विभिन्न कार्यक्रमहरु आयोजना गरेर नेपाली चलचित्र, गीत संगीतलाई हङकङमा प्रर्वद्धन गर्दै आइरहेको वताए ।

कार्यक्रमा हङकङमा बसोबास गर्दै आएका सबै नेपालहरुलाई एकतावद्ध गराउदै एकै ठाउँमा उभ्याएर नेपालीपनको भावना जागृत गराउने, साथै भाईचारा, भातृत्वको सम्बन्धलाई अझ प्रगाढ गराउने इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक टिकाराम सुब्बा(भोटुले) जानकारि दिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको पनि उपस्थिति हुने धरान हङकङ मञ्चले धरानमा पत्रकार सम्मेलन गरि जानकारि दिएको छ ।

दुई दिन आयोजना हुने कार्यक्रममा नेपालीत्व झल्कने विभिन्न मौलिक साँस्कृति झाँकीहरु प्रस्तुती एवं प्रर्दशन हुने तथा जातीय मौलिक खानाको परिकारहरुको स्टल हुने धरान हङकङ मञ्चका सचिव रमेश चाम्लिङ राईले वताए ।

उनका अनुसार कार्यक्रममा नेपाली कलाशैली झल्कने हस्तकलाका सामग्रीहरुको पनि स्टल रहनेछ ।

सो अवशरमा धरानको विकास निर्माण को बिषय समेत धरानका मेयर हर्क साङपाङ सग हङकङमा रहेका नेपालिहरू बिच अन्तरक्रिया समेत हुने आयोजकले जनाएको छ ।

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic