हिविस्कस वोडिङ स्कुलले यस वर्षदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने

  • चैत १८, २०८१
  • १२,६०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले यस वर्षदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने भएको छ ।

स्कुलले यस वर्षको नयाँ शैक्षिक शत्रदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने भएको हो ।

स्कुलले वार्षिक कार्यतालिका नै वनाएर पुस्तक विहिन कक्षा संचालन गर्न लागिएको स्कुलले जनाएको छ ।

स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले यस वर्षबाट हरेक हप्ताको शुक्रवार पुस्तक विहिन कक्षा संचालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हरेक शुक्रवार विद्यार्थीहरुले पुस्तक लिएर विद्यालय आउनु पर्ने छैन ।शुक्रवार विद्यार्थीहरुलाई विभिन्न कृयाकलापहरु गराइने छ।

योसंगै विद्यार्थीहरुलाई जेठ र असार महिनामा पव्लिक स्पिकिङ,वादविवाद,गायन,नृत्य लगायतका लगाएतका विषयहरूमा तालिम दिई साउन महिनाबाट प्रतिस्पर्धा उतारिने छ

अतिरिक्त कक्षा लिएका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्नको लागि साउन महिना देखि विद्यार्थीहरुवीच हरेक कार्यक्रमको प्रतियोगिता गराएर उनीहरु भित्रको प्रतिभा
प्रष्फुटन गराई अन्य प्रतियोगिताहरु विजेता वन्न सक्ने दक्ष विद्यार्थी उत्पादन गरीने निर्देशक राईको भनाई रहको छ ।

स्कुलले यस वर्ष एकल महिलाका छोरा छोरीहरुले पनि वोडिङ स्कुल पढने अवसर
प्राप्त होस भन्ने उदेश्यले भर्ना शुल्कमा ४० प्रतिशत छुट गरीएको निर्देशक राईले जानकारी दिएकाछन् ।

त्यसैगरी स्कुलले भर्नाका लागि लिइने इन्ट्रान्स परिक्षामा उत्कष्ट अंक ल्याउने विद्यार्थीहरुलाई भर्ना शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

चैत महिना भित्रमा भर्र्ना गरेको खण्डमा भर्ना शुल्कमा १२ प्रतिशत छुट गरीएको र वैशाख ७ गतेभित्रमा भर्ना गर्र्दा १० प्रतिशत छुट गरीएको स्कुलले जनाएको छ ।

स्कुलले असोज महिना देखि स्मार्ट कक्षा संचालन गर्ने योजना वनाएको र शैक्षिक गुणस्तरलाई अझ प्रभावकारी वनाउदै लाने तयारी गरेको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो ।

शैक्षिक गुणस्तर वृद्धिका लागि स्कुलले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नहटने राईको दावी रहेको छ ।

 

 

 

 

 

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic