रोजवर्ड मन्टेश्वरीको दशौं वार्षिक उत्सव सम्पन्न

  • चैत २३, २०८१
  • ७०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
रोजवर्ड मन्टेश्वरी तथा ट्रेनिङ सेन्टर धरान–१६ को दशौं वार्षिक उत्सव सम्पन्न भएको छ ।

मन्टेश्वरी प्राङ्गणमा शनिवार एक समारोहका वीच सो कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा विद्यार्थीहरुले अभिभावकले साना नानीहरुलाई घरमा गर्नुपर्ने व्यवहार र उनीहरुलाई असल नागरीक वनाउनका लागि खेल्नुपर्ने पारीवारीक वातावरणका विषयमा नाटक समेत प्रस्तुत गरेका थिए ।

NEWS PHOTO = 2 सो अवसरमा बालवालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी अभिभावकलाई मनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रममा खेलकुद तथा विभिन्न कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपाकिलाका उपप्रमुख अइन्द्र विक्रम वेघाले विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।

प्रिप्राइमरीबाट उर्तीण भई कक्षा १ जान सफल भएका १३ जना विद्यार्थीहरुलाई दिक्षित गरीएको थियो ।

दिक्षित विद्यार्थीहरुलाई प्रमुख अतिथि वेघाले मेडल लगाएर पुरस्कृत गरेका थिए ।

कार्यक्रममा वेघाले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए ।

मन्टेश्वरीमा १ सय भन्दा वढी विद्यार्थीहरु अध्ययनरत रहेको मन्टेश्वरीका निर्देशक राजेन्द्र गिरीले जानकारी दिएकाछन् ।

कार्यक्रममा आरोही कार्की र श्रीनिका ढुङ्गानाले गरेका थिए ।

कार्यक्रममा संचारकर्मी तिर्थ कार्कीले विद्यार्थीहरुको कला र प्रतिभाको प्रशंसा व्यक्त गर्दै उज्वल भवियको कामना गरेका थिए ।

मन्टेश्वरी संचालक दिपक घिमिरेले कार्यक्रमको संचालन गरेका थिए ।

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic