पर्वत सेकेन्डरी बोर्डिङको ३१ औ बार्षिकोत्सव तथा छात्रवृत्ति बितरण सम्पन्न

  • चैत ३०, २०८१
  • २,३५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,३० चैत्रः पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९द्धारा प्रदान गरीदै आएको मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार नदिरा राई र फोनिक्स राईलाई प्रदान गरीएको छ ।

नदिरा कक्षा १उर्तीण गरी कक्षा २ मा गएकाछन् भने फोनिक्स कक्षा २ उर्तीण गरी कक्षा ३ मा प्रवेश गरेका अनुशासित र जेहेन्दार विद्यार्थी हुन ।

स्कुलले हरेक वर्ष दुइजनालाई सो पुरस्कार वितरण गर्दै आएको स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले जानकारी दिनुभयो ।

शनिवार स्कुलको ३१ औ बार्षिकोत्सव, छात्रवृत्ति बितरण तथा नतिजा शप्रकाशन कार्यक्रम मार्फत सो पुरस्कार वितरण गरीएकोस थियो ।

दुवैलाई नगद दश÷दश हजारका दरले पुरस्कार राशी प्रदान गरीएको थियो ।

स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा १९ नम्बर वडाकै ज्येष्ठ नागरिक १०२ बर्षिय नर बहादुर लिम्बु प्रमुख अतिथि रहनु भएको थियो ।

समाजका ज्येष्ठ ब्याक्तित्वलाई सम्मान गर्न नर बहादुर लिम्बुलाई प्रमुख अतिथि बनाएको स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले बताउनु भयो ।

सो अवसरमा अग्रजलाई सम्मानका लागि जेष्ठ नागरीक नरबहादुर लिम्वुलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

PARBAT SCHOOL NEWS PHOTO = 2 स्कुलका निर्देशक डा. दिलकुमार लिम्वुले जेष्ठ नागरीक नरबहादुर लिम्वुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार बितरण गरिनुका साथै बार्षिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको थियो।

PARBAT SCHOOL NEWS PHOTO = 3 सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन, कराते, बक्तृत्वकला लगायतका विभिन्न अतिरिक्त कृयाकलापहरुमा स्कुलको प्रतिनिधित्व गर्दै अन्य ठाउमा सहभागीता जनाएर बिजेता बन्न सफल बिद्यार्थीहरुलाई भाईस प्रिन्सिपल होम प्रसाद लिम्बुले मायाको चिनो र खदा लगाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीत प्रस्तुत गरी अभिभावकहरु र अतिथिहरुलाई मनोरञ्जन प्रदान गरे।
स्कुलका निर्देशक दिल बहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक प्रबेग हाङ्स्रोङ लिम्बुले गर्नुभएको थियो ।

स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले स्कुलले ७० जना जना विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic