शिक्षकलाई सम्मान गर्दै एक्वा बोर्डिङको बार्षिकोत्सव सम्पन्न

  • चैत ३१, २०८१
  • १,०४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० चैत्रः एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले वार्षिक उत्सवका अवसरमा चारजना शिक्षकहरुलाई सम्मान गरेको छ ।

स्कुलले शनिवार एक कार्यक्रमका वीच शिक्षकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा जुनाहाङ्ग राई,सौगात राई,ललिता ल्वागुन र सुप्रिया शाह रहेकाछन् ।

सम्मानित शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहनगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाले सम्मान–पत्रले सम्मान गरेका थिए ।

EKWA NEWS PHOTO= 2 शिक्षकहरुलाई प्रोत्साहन मिलोस भन्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक अनिश राईले वताउनु भयो ।

यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने निर्देशक राईले वताउनु भयो ।

सो अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरीएको थियो ।
सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न अतिरिक्त कृयाकलापहरु गरेर अतिथि तथा अभिभावकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।

EKWA NEWS PHOTO= 3 कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीत प्रस्तुत गरी अभिभावकहरु र अतिथिहरुलाई मनोरञ्जन प्रदान गरे।
स्कुलका निर्देशक अनिश राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक हर्क लिम्वुले गरेका थिए ।

EKWA NEWS PHOTO = 4 विद्यार्थीहरु र अभिभावकको सन्तुष्टी नै हाम्रो चाहाना भन्ने नाराका साथ स्कुलले शैक्षिक गुणस्तर कायम गर्दै आएको निर्देशक राईको भनाई रहेको छ ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic