सिदार्थ शिशु सदन स्कुलमा ६ विद्यार्थीहरुलाई उत्कृष्ट अवार्ड प्रदान

  • वैशाख ३, २०८२
  • १५,८१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाखः सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ले ६ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी अर्वाड प्रदान गरेको छ ।

स्कुलले मंगलवार र वुधवार दुई दिवसीय कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई अर्वार्ड प्रदान गरेको हो ।

अर्वार्ड पाउने विद्यार्थीहरुमा आयन गेलाल,सुद्रिष्टी कार्की,आदित्य खड्का,सुप्रिया आचार्य,जोस्लीन हलुवाई र लेन्रु राई रहेकाछन् ।

si= 2 news photo उनीहरुलाई ट्रफि,प्रमाण–पत्र र मायाको चिनो प्रदान गरीएको थियो ।

सोही अवसरमा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको स्कुलका निर्देशक विकास सोनीले जानकारी दिनुभयो ।

निर्देशक सोनीका अनुसार कक्षामा प्रथम हुनेलाई शतप्रतिशत, दोस्रो हुनेलाई ७५ प्रतिशत र तेस्रो हुनेलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरीएको छ ।

sid news photo = 3 विद्यार्थीहरुलाई पढाईमा प्रोत्साहन गर्नको लागि छात्रवृत्ति प्रदान गरीएको निर्देशक सोनीले वताउनु भयो ।

सोही अवसरमा नियमित कक्षामा उपस्थिति हुने विद्यार्थीहरु लगायतको पुरस्कार वितरण गरीएको थियो ।

sidda = 4 कार्यक्रममा प्रि स्कुलबाट स्कुल प्रवेश गरेका ४० जना विद्यार्थीहरु दिक्षित भएका थिए ।

कार्यक्रमको सभापतित्व प्रिन्सिपल रिता प्रधानले गर्नुभएको थियो भने संचालन चन्द्रमाया लिम्वुले गर्नुभएको थियो ।

सिदार्थ शिशु सदनमा स्कुल र सिदार्थ मन्टेश्वरी समेत संचालनमा रहेको छ ।

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic