सिदार्थ शिशु सदन स्कुलमा ६ विद्यार्थीहरुलाई उत्कृष्ट अवार्ड प्रदान

  • वैशाख ३, २०८२
  • १५,९४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाखः सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ले ६ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी अर्वाड प्रदान गरेको छ ।

स्कुलले मंगलवार र वुधवार दुई दिवसीय कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई अर्वार्ड प्रदान गरेको हो ।

अर्वार्ड पाउने विद्यार्थीहरुमा आयन गेलाल,सुद्रिष्टी कार्की,आदित्य खड्का,सुप्रिया आचार्य,जोस्लीन हलुवाई र लेन्रु राई रहेकाछन् ।

si= 2 news photo उनीहरुलाई ट्रफि,प्रमाण–पत्र र मायाको चिनो प्रदान गरीएको थियो ।

सोही अवसरमा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको स्कुलका निर्देशक विकास सोनीले जानकारी दिनुभयो ।

निर्देशक सोनीका अनुसार कक्षामा प्रथम हुनेलाई शतप्रतिशत, दोस्रो हुनेलाई ७५ प्रतिशत र तेस्रो हुनेलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरीएको छ ।

sid news photo = 3 विद्यार्थीहरुलाई पढाईमा प्रोत्साहन गर्नको लागि छात्रवृत्ति प्रदान गरीएको निर्देशक सोनीले वताउनु भयो ।

सोही अवसरमा नियमित कक्षामा उपस्थिति हुने विद्यार्थीहरु लगायतको पुरस्कार वितरण गरीएको थियो ।

sidda = 4 कार्यक्रममा प्रि स्कुलबाट स्कुल प्रवेश गरेका ४० जना विद्यार्थीहरु दिक्षित भएका थिए ।

कार्यक्रमको सभापतित्व प्रिन्सिपल रिता प्रधानले गर्नुभएको थियो भने संचालन चन्द्रमाया लिम्वुले गर्नुभएको थियो ।

सिदार्थ शिशु सदनमा स्कुल र सिदार्थ मन्टेश्वरी समेत संचालनमा रहेको छ ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic