धरानका मेयरलाई शिक्षकहरुको ज्ञापन पत्र

  • वैशाख ३, २०८२
  • १,९०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाखः काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गर्न माग गरेका छन्।

शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठमाडौमा आन्दोलनमा रहेका शिक्षकहरुले धरानमा भने कक्षा ८ को ग्रेड वृद्धिको परिक्षा स्थगनको माग गरेका हुन् ।

नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धरान उपमहानगर समितिले बुधबार उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापनपत्र बुझाउँदै वैशाख ७ गतेदेखि तय भएको ग्रेडवृद्धि परीक्षा तत्काल स्थगन गर्न आग्रह गरेको हो।

समितिका प्रतिनिधिहरू मेयरको कार्यकक्षमै पुगेर २०८१ माघ २० गतेदेखि चरणबद्ध रूपमा सुरु भएको आन्दोलनको जानकारी गराउँदै धरानका शिक्षकहरू २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय रहेको जनाएका थिए।

समितिका सचिव राजनकुमार वनले २०८१ चैत २५ गतेदेखि महासंघले अनिश्चितकालीन शैक्षिक हड्ताल आह्वान गरिसकेको र आन्दोलनको सन्दर्भमा धरानसहित देशभरका शिक्षक काठमाडौं धाउने परिस्थिति बनेकाले परीक्षा सञ्चालन कठिन भएको बताए। उनले भने, ूशिक्षकका जायज माग पूरा नभएसम्म परीक्षा रोक्नु उपयुक्त हुन्छ।

ज्ञापनपत्रमा शिक्षकहरूले शिक्षा ऐन जारी गर्न, गुणस्तरीय र शिक्षकमैत्री शिक्षा प्रणाली निर्माण गर्नुपर्ने माग राखेका छन्। उनीहरूले उपमहानगरको आन्दोलनप्रति ऐक्यबद्धता र समर्थनको अपेक्षा समेत जनाएका छन्।

संयोजक आशबहादुर राईले शिक्षकहरूलाई विद्यार्थी भर्ना अभियान छाडेर सडकमा आउन बाध्य पारिएको अवस्था दुःखद् भएको बताए। ूशिक्षकका मागप्रति राज्य संवेदनशील नभएसम्म आन्दोलन जारी रहन्छ उनले भने।

ज्ञापनपछि मेयर राईले परीक्षा तालिका सार्वजनिक भइसकेकाले तत्काल रोक्न कठिन हुने बताए। तर, शिक्षकहरूका मागप्रति सहानुभूति व्यक्त गर्दै सक्दो सहयोग गर्ने आश्वासन दिए।

यसबीच, शिक्षकहरूले धरानको भानुचोकमा कोणसभा समेत गरेका थिए। देशभर सामुदायिक विद्यालयहरू बन्द छन् भने शिक्षण–शिक्षा प्रक्रिया ठप्प बन्दै गएको छ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic