धरानका मेयरलाई शिक्षकहरुको ज्ञापन पत्र

  • वैशाख ३, २०८२
  • १,८२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाखः काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गर्न माग गरेका छन्।

शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठमाडौमा आन्दोलनमा रहेका शिक्षकहरुले धरानमा भने कक्षा ८ को ग्रेड वृद्धिको परिक्षा स्थगनको माग गरेका हुन् ।

नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धरान उपमहानगर समितिले बुधबार उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापनपत्र बुझाउँदै वैशाख ७ गतेदेखि तय भएको ग्रेडवृद्धि परीक्षा तत्काल स्थगन गर्न आग्रह गरेको हो।

समितिका प्रतिनिधिहरू मेयरको कार्यकक्षमै पुगेर २०८१ माघ २० गतेदेखि चरणबद्ध रूपमा सुरु भएको आन्दोलनको जानकारी गराउँदै धरानका शिक्षकहरू २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय रहेको जनाएका थिए।

समितिका सचिव राजनकुमार वनले २०८१ चैत २५ गतेदेखि महासंघले अनिश्चितकालीन शैक्षिक हड्ताल आह्वान गरिसकेको र आन्दोलनको सन्दर्भमा धरानसहित देशभरका शिक्षक काठमाडौं धाउने परिस्थिति बनेकाले परीक्षा सञ्चालन कठिन भएको बताए। उनले भने, ूशिक्षकका जायज माग पूरा नभएसम्म परीक्षा रोक्नु उपयुक्त हुन्छ।

ज्ञापनपत्रमा शिक्षकहरूले शिक्षा ऐन जारी गर्न, गुणस्तरीय र शिक्षकमैत्री शिक्षा प्रणाली निर्माण गर्नुपर्ने माग राखेका छन्। उनीहरूले उपमहानगरको आन्दोलनप्रति ऐक्यबद्धता र समर्थनको अपेक्षा समेत जनाएका छन्।

संयोजक आशबहादुर राईले शिक्षकहरूलाई विद्यार्थी भर्ना अभियान छाडेर सडकमा आउन बाध्य पारिएको अवस्था दुःखद् भएको बताए। ूशिक्षकका मागप्रति राज्य संवेदनशील नभएसम्म आन्दोलन जारी रहन्छ उनले भने।

ज्ञापनपछि मेयर राईले परीक्षा तालिका सार्वजनिक भइसकेकाले तत्काल रोक्न कठिन हुने बताए। तर, शिक्षकहरूका मागप्रति सहानुभूति व्यक्त गर्दै सक्दो सहयोग गर्ने आश्वासन दिए।

यसबीच, शिक्षकहरूले धरानको भानुचोकमा कोणसभा समेत गरेका थिए। देशभर सामुदायिक विद्यालयहरू बन्द छन् भने शिक्षण–शिक्षा प्रक्रिया ठप्प बन्दै गएको छ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic