अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

  • वैशाख ९, २०८२
  • ७०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले विणा दाहाल खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य रुकमिणी कोइरालालाई सम्मान गर्नुभएको छ ।

त्यस्तै अनेमसंघ सुनसरीका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, कुन्ता शर्मा, इन्दु गौतम, लक्ष्मी गौतम, मिरा आचार्य खनाल र मन्जु भण्डारीलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि काफ्लेले सम्मानितहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

अधिवेशनले उपाध्यक्षहरुमा सृजना नेपाली र विष्णु शर्मा नेपाल सचिवमा माया राई, सहसचिवमा हिरा थान्दार र कोषाध्यक्षमा अनिता उराँव चयन भएकाछन् ।

जिल्लाभरीबाट ३ सय ५० छानिएका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।

अनेमसंघ सुनसरी अध्यक्ष विणा खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सृजना नेपालीले स्वागत मन्तव्य र सचिव इन्द्रकला राईले सञ्चालन गर्नु भएको थियो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic