भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्रद्धाञ्जली सभा

  • वैशाख १२, २०८२
  • १,७०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भारीएका सुदिप न्यौपानको धरानमा श्रद्धाञ्जली सम्पन्न भएको छ ।

धरानमा रोटरी क्लव अफ धरान, रोटरी क्लव अफ धरान घोपा,रोटरी क्लव अफ फुटहिल्सको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

आमा र वहिनीका साथ कास्मिर घुम्न गएको समयमा आतङ्कवादीले सुदीप न्यौपानेको हत्या गरेका थिए ।

FINAL PHOTO NEWS = 2 न्यौपाने बुटवल–१४ बेलबरियाका स्थायी वासिन्दा हुन । उनी शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए । सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए ।

गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मिर गएका बेला सुदीपमाथि बन्दूकधारीहरूले अचानक आक्रमण गरेका थिए ।

sudip-neupane final जम्मू कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा उनी परेका थिए ।

बन्दूकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् ।

रोटरी क्लव अफ धरान घोपाका सचिव अतुल श्रेष्ठले घटना निन्दनीय र जघन्य अपराध भएको वताउनु भयो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic