हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच वारेमा जानकारी

  • वैशाख २७, २०८२
  • ३,०७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार्थीहरुका लागि साकेला नाच र यसको महत्वका वारेमा विद्यार्थीहरुलाई जानकारी दिएको छ ।

स्कुलले शुक्रवार पुस्तक रहित कक्षाको पहिलो कार्यक्रम अन्तर्गगत विद्यार्थीहरुलाई श्यामचोकमा छुट्टै कार्यक्रमको आयोजना गरी सो विषयमा जानकारी दिएको हो ।

स्कुलले आयोजना गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष तथा सास्कृतिक अभियन्ता जनकऋषि राईले साकेला नाचको इतिहास र यसको धार्मिक महत्व र प्रकृति र यो नाचको सम्वन्धका वारेमा जानकारी दिएका थिए ।

HIBISCUS NEWS PHOTO = 3 चरा र प्रकृतिसंग रहेको सम्वन्धलाई साकेला नृत्य (साकेला सिल्ली) कलात्मक रुपमा नृत्य मार्फत जानकारी दिएको बताएका थिए ।

किरात जाति र प्रकृतिसंग सास्कृतिक सम्वन्ध रहेको समेत राईले स्पष्ट पारेका थिए ।

स्कुलका निर्देशक गंगाराम राईले नेपाल वहुभाषिक बहुसास्कृतिक वहुधार्मिक मुलुक रहेको र यसका विविध सास्कृतिक महत्व रहेकोले किरात राई समुदायले मनाउने साकेला नाचको महत्व र यसका विशेषताका वारेमा विद्यार्थीहरुलाई जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरीएको वताए ।

निर्देशक राईले सवै समुदायको चाड विशेषमा सम्वन्धित सवै जाति र समुदायको चाडको महत्व र विशेषताका वारेमा विज्ञ ल्याएर विद्यार्थीहरुलाई जानकारी दिने स्कुलको तयारी रहेको वताए ।

HIBISCUS NEWS PHOTO = 2 लिम्वु समुदायको चासोक, मगर समुदायको हुर्रा, गुरुङ समुदायको चाड, तामाङ समुदाय लगायत सवै जाति र समुदायको विशेष चाडहरुमा सम्वन्धित जाति र समुदायका विज्ञ ल्याएर सो विषयमा विद्यार्थीहरुलाई जानकारी दिने निर्देशक राईले वताए ।

हिविस्कस बाल क्लवकी अध्यक्ष निनाम्मा राईको अध्यक्षतामा भएको सो कार्यक्रममा श्याम चोक सेवा समाजका अध्यक्ष दिनेश रानामगर प्रमुख अतिथि रहेका थिए ।श्याम चोक युवा समाजका अध्यक्ष ललित योञ्जन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन शिक्षक नयन राईले गरेका थिए ।

 

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic