देउराली चिल्ड्रेन एकेडेमीमा विद्यार्थीहरुवीच निर्वाचन

  • जेठ १०, २०८२
  • ५३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठः देउराली चिल्ड्रेन एकेडेमि धरान–५ मा शुक्रबार विद्यार्थीहरुको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न गरेको छ।

देउराली चिल्ड्रेन एजेडेमी बाल क्लबका अध्यक्ष सहित १३ सदस्यिय समिती र हाउस क्याप्टेन र भाईस क्याप्टेन चुन्न निर्वाचन गरिएको स्कुलका निर्देशक पृथ्वी रइका मगरले जानकारी दिनुभयो।

देउराली बाल क्लवको अध्यक्षमा श्रृटी राई निर्वाचित वनेकी थिइन भने उपाध्यक्षमा घनश्याम गजमेर सचिवमा श्रष्टी लिम्वु, उपसचिवमा सुस्मिता कालिकोटे र कोषाध्यक्षमा विनिशा राई निर्विरोध निर्वाचित वनेकी प्रमुख निर्वाचन अधिकृत मोतिराम थापाले जानकारी दिनुभयो ।

DEURALI NEWS = 2 त्यसैगरी सदस्यहरुमा एशास राई, राघव परियार,ऐश्वर्य राई, एविजल तामाङ्ग,रिदुम्ला ारई,विवेक लिम्वु,आहिल मगर र सविन विश्वकर्मा निर्वाचित वनेकाछन् ।

त्यसैगरी हाउस क्याप्टेन र भाइस क्याप्टेनहरुमा रेड हाउसबाट क्याप्टेन र भाइस क्याप्टेनमा क्रमस श्रेया राई र मानस जिमि निर्वाचित वनेकाछन् ।

यता व्लु हाउसतर्फ इन्साहाङ्ग लिम्वु र रोस्मी जिमि तथा ग्रिन हाउसतर्फ सुशान कालिकोटे र ज्यास्मीन राई निर्वाचित वनेकाछन् ।

त्यस्तै यल्लो हाउसतर्फ गुराँस घिमिरे र दिया लिम्वु निर्वाचित भएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभएको छ ।

निर्वाचनमा मतदानका लागि पाँच वटा बुथ राखिएको कोअर्डिनेटर थापाले जानकारी दिनु भयो। जम्मा १ सय ४९ मतदाताहरु मध्ये १ सय ३७ मत खसेको निर्वाचन अधिकृत शिक्षक थापाले जानकारी दिनु भयो। कक्षा–६ देखि १० सम्मका बिद्यार्थीहरुले मतदानमा भाग लिएका थिए।

बिद्यार्थीहरुलाई लोकतान्त्रिक बिधिद्वारा क्लबका अध्यक्ष, हाउस क्याप्टेन लगायत छान्ने र मतदान प्रकृयाको बारेमा ब्यबहारिक ज्ञान दिने उद्येस्यले निर्वाचन गराईएको स्कुलका प्रिन्सिपल नबिन गौतमले जानकारी दिनुभयो।

निर्वाचन गरेर छानिएका बिद्यार्थीहरुलाई जिम्मेवारी दिदा लोकतन्त्रको अभ्यास हुने र बिद्यार्थीहरुले ब्यबहारिक ज्ञान समेत सिक्ने स्कुलका सहायक प्रधानाध्यापक सुरेश राईले बताउनु भयो।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic