एस.ई.ई. स्पिकर पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्पन्न

  • असार ७, २०८२
  • ५७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ६ असार – विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व्यक्तित्व विकासतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको ‘एस.ई.ई. स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर फुर्सदमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरीएको हो ।

¥याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजना र धरान उप–महानगरपालिका वडा नं. १४ को संयोजनमा धरान–१४, बिजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरको चौतारीमा सम्पन्न भएको प्रा.लि.का अध्यक्ष तीर्थ कार्कीले जानकारी दिएकाछन् ।

प्रतिस्पर्धामा फाइनलमा पुगेका बक्ताहरुलाई नशा होइन, सीप र सृृजनामा युवाू र बिजयपुर ऐतिहासिक र पर्यटनको गन्तव्य गरी दुई शीर्षकमध्ये एक छनोट गरी आफ्नो धारणा प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।

आयोजक ¥याडिकल लाइट नेपालका अध्यक्ष तीर्थ कार्कीले–सधैं सीमित क्षेत्रमा हुने कार्यक्रमलाई यसपटक खुला आकाशमुनि, हरियाली र मनोरम वातावरणमा आयोजना गरी सहभागीलाई फरक अनुभूति दिन खोजिएको हो।

बुढासुब्बा मन्दिर परिसरमा कार्यक्रम गर्नुको पछाडि सौन्दर्य, सन्देश र सरोकारको त्रिवेणी समेट्ने उद्देश्य रहेको कार्कीले वताए ।

कार्यक्रममा सहभागी शुभम पोखरेलले बिजयपुर क्षेत्र धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै स्थानीयवासी, सरकार र सरोकारवालाहरूको समन्वयमा यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे।

त्यस्तै अर्की प्रतिस्पर्धी दिविका राईले युवाहरू लागुऔषधको दलदलमा फस्न नदिन सकारात्मक सोच, व्यावसायिक सीप र सृजनात्मक क्रियाकलापमा जोड दिनुपर्ने धारणा राखिन्।

त्यस्तै अर्की प्रतियोगी सन्जिना राईले युवाहरूले कुलत त्यागेर जीवनमा केही गर्न सक्ने दृष्टिकोण राख्दै भनिन्, “नशाले सोच मर्छ, सोच मरे सपना मर्छ। त्यसैले युवाहरूले आधुनिक सीप र सृजनामार्फत आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्छ।”

कार्यक्रमका प्रमुख अतिथि धरान–१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले एस।ई।ई। दिएर फुर्सदमा रहेका युवाहरू कुलततिर फस्न सक्ने सम्भावना रहँदा यस प्रकारका प्रतियोगिताले उनीहरूको समयको सही सदुपयोग, अभिव्यक्तिमा निखारता र नेतृत्व क्षमताको विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले थपे, “खुला स्थानमा आयोजना गरिएका यस्ता कार्यक्रमहरू सामाजिक चेतना फैलाउने माध्यम मात्र नभई प्रतिस्पर्धीहरूको प्रस्तुति अझ सशक्त बन्ने अवसर पनि हो।”

कार्यक्रममा दन्तकाली माध्यमिक विद्यालयका बिद्यार्थीहरु, शिक्षक बालकृष्ण चौलागाईं, आइडल इङ्लिस बोर्डिङका बिद्यार्थीहरु, शिक्षक मोहन बस्नेत, स्थानीय समाजसेवी पंकज घिमिरे, वडा नं. १४ की सामाजिक परिचालक रेनुका खतिवडा लगायतको उपस्थिति रहेको थियो।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic