सहिद स्मृति मा.वि.का विद्यार्थीहरुद्धारा उद्यमशील योजना प्रस्तुत उत्कृष्ट समूहलाई स्टल सञ्चालनका लागि नगद सहयोग

  • असार ९, २०८२
  • ८३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ जेठः सहिद स्मृति माध्यमिक विद्यालय, धरान–८ को आयोजनामा उद्यमशील सीप विकास कार्यक्रम अन्तर्गत व्यावसायिक योजना निर्माण तथा प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ।

सोमबार कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गरी शिक्षाबाट कामतर्फ कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।

धरान उपमहानगरपालिका र इन्स्योर हेल्भेटास नेपालको सहयोगमा कार्यक्रम संचालन भएको स्कुलका शिक्षक राजन वनले वताउनु भयो ।

SAHID SCHOOL = 2 कार्यक्रममा कक्षा १० मा अध्ययनरत कु देखि ङु सम्मका ५ समूहले आ–आफ्ना व्यवसायिक योजनाहरू प्रस्तुत गरेका थिए। प्रस्तुत योजनाहरूको मूल्याङ्कन निर्णायक मण्डली— शिक्षक टंक भट्टराई, शिक्षक राजन वन र ज्ञानोदय माविका शिक्षक बिक्रम पोखरेलले गर्नुभएको थियो।

कार्यक्रममा समूह क, ख र ङ उत्कृष्ट योजना प्रस्तुत गर्ने समूहमा छनोट भएको संयोजक टंक भट्टराईले वताउनु भयो ।

हरेक समूहलाई व्यवसायिक अवधारणालाई व्यवहारमा उतार्नका लागि जनही ७÷७ हजार रूपैयाँ प्रदान गरिने छ ।

छनोटमा परेका समूहहरूले मंगलबार उक्त रकम प्रयोग गरी विद्यालय परिसरमा सञ्चालन गरिने खाद्य स्टलका लागि आवश्यक कच्चा पदार्थ खरिद गर्ने र स्टल तयारी गर्ने जनाइएको छ। बुधवार र बिहीबार गरी दुई दिन ती स्टलहरू सञ्चालन गरिने छन्।

विद्यालयका प्रधानाध्यापक राम बहादुर विष्टका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शिक्षासँगै व्यवसायिक सोच र सीपमा अभ्यस्त गराई आत्मनिर्भर र स्वावलम्बी बनाउनु हो।

कार्यक्रममा प्रमुख अतिथि धरान–८ का वडा सदस्य देवी लामा पाख्रिन रहनुभएको थियो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic