विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँडा प्रत्यारोपण

  • असार ११, २०८२
  • १,७९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा कृत्रिम घुँडा प्रत्यारोपण सम्पन्न भएको छ ।

मोरङको सुन्दरहरैँचा–९, मदरसा टोलकी ७१ वर्षीया हदिसा खातुनको देब्रे घुँडाको शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न गरिएको हो ।

विजयपुर हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले चिकित्सकीय भाषामा पूर्ण रूपमा घुँडा प्रतिस्थापन’ (टोटल निई रिप्लेसमेन्ट) भनिन्छ ।

प्रमुख प्रशासक योन्जनले दिएको जानकारी अनुसार वरिष्ठ हाडजोर्नी, स्पाइन तथा निई रिप्लेसमेन्ट विशेषज्ञ डा.जनक दासको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो ।

खातुन लामो समययता दुवै घुँडा दुख्ने तथा टेक्न नहुने समस्याबाट ग्रसित हुदै आएकी थिइन ।

दुवै घुँडाका हाड जटिल प्रकारले खिइएको तथा नसा र अन्य मांसपेशीहरूमा चोट लागेर त्यस्तो समस्या भएको चिकित्सकहरुले वताएका थिए ।

दाहिने घुँडाको सघन शल्यक्रिया गरी एक वर्षअघि नै कृत्रिम घुँडा प्रत्यारोपण गरिएको थियो ।

खातुनका छोरा अताबुल मन्सुरीका अनुसार विजयपुर हस्पिटलमा यस प्रकारको शल्यक्रिया गरिने जानकारी पाएपछि देब्रे घुँडाको शल्यक्रियाका लागि आमालाई यहाँ ल्याएको बताए ।

विजयपुर अस्पतालमा हाडजोर्नी, नसा, स्पाइन (मेरुदण्ड), हिपलगायतका अङ्गको सघन शल्यक्रिया गर्ने गरीएको थियो ।

अस्पतालले अवदेखि कृत्रिम घुँडा प्रतिस्थापन तथा पुनःस्थापना जस्तो जटिल शल्यक्रिया पनि गर्न शुरु गरीएको अस्पतालका प्रमुख प्रशासक योन्जनले जानकारी दिएकाछन् ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic