एसई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतलाई

  • असार १६, २०८२
  • ४३३ पटक पढिएको
  • छाल खबर
alt

धरानर ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ को उपाधि झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आबिष्कार राउतले जितेका छन्।

सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा आबिष्कारले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित उपाधि प्राप्त गरे।

जितपश्चात उनले आफूसँग प्रतिस्पर्धा गर्ने सबै जना एकभन्दा एक प्रतिभाशाली रहेको बताउँदै उपाधि प्राप्त गर्न पाउँदा अत्यन्त हर्षित भएको प्रतिक्रिया दिए।

प्रतियोगितामा पब्लिक हाईस्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनरअप बन्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

ब्लुम नेपाल स्कुल इटहरीका शुभम पोख्रेलले सेकेन्ड रनरअपको स्थान हासिल गर्दै १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। यस्तै, जेम सेकेन्डरी स्कुलकी सन्जिना राईले थर्ड रनरअपको उपाधि हात पार्दै ५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन्।

यस वर्षको स्पिकर फिनाले विभिन्न उपशीर्षकहरूमा समेत बहुआयामिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगीहरूलाई सम्मानित गर्दै अझ सशक्त बनाइएको थियो।

इटहरीस्थित शिक्षादीप एकेडेमीकी समिक्षा पौडेलले सबैभन्दा बढी दर्शकको मन जित्दै पब्लिक चोइस अवार्ड प्राप्त गरिन् भने बेबिलोन इङ्लिस सेकेन्डरी स्कुलकी होमिता पोख्रेल प्रेरणादायी प्रभाव छोड्न सफल भई मस्ट इन्स्पिरेसनल स्पिकरको उपाधिमा सम्मानित भइन्।

प्रस्तुतिमा आत्मविश्वासपूर्ण शैली देखाएकी एभरेस्ट चिल्ड्रेन बोर्डिङ पानमाराका निशान बिश्वकर्मालाई मस्ट कन्फिडेन्ट स्पिकर, धाराप्रवाह प्रस्तुति र रचनात्मकतालाई उत्तिकै बलियो रूपमा प्रस्तुत गरेकी पब्लिक हाईस्कुलकी आयुषा पौडेललाई मस्ट ट्यालेन्टेड स्पिकरको उपाधि प्रदान गरियो।

यस्तै, उत्कृष्ट उच्चारण र स्पष्ट अभिव्यक्तिको आधारमा सुनाखरी एकेडेमी धरानकी नाबिया सरखानाले बेस्ट आर्टिक्युलेटर, डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपालले बेस्ट एमर्जिङ स्पिकर, र भानु स्मृति माबि धरानकी प्रतीक्षा तामाङले मस्ट इन्फर्मेटिभ स्पिकरको उपाधि हात पारिन् ।

लोटस इङ्लिस बोर्डिङ स्कुलकी सृष्टिका राई प्रस्तुतिमा नविनता र सिर्जनात्मकता देखाएर मस्ट क्रिएटिभ स्पिकर घोषित भइन्। तर्क शक्ति र प्रभावकारी शैली प्रदर्शन गरेकी के।के। इन्टरनेसनल स्कुलकी तपस्या भण्डारीलाई मस्ट पर्सुएसिभ स्पिकरको उपाधि दिइयो।

विषयवस्तुसँग गहिरो सम्बन्ध स्थापित गरेर बोल्न सफल हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी दिविका राई बेस्ट थिमेटिक स्पिकर घोषित भइन् भने पब्लिक हाईस्कुलकी साक्षी मिश्रले मस्ट कोअपरेटिभ स्पिकरको उपाधि प्राप्त गरिन् ।

कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष एवं होली गार्डेन स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, निर्णायकद्वय टंक भट्टराई र अशोक पोख्रेल, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राई, सरस्वती निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल बमबहादुर बिश्वकर्मा लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

अन्तिम चरणमा पुगेका १५ जना प्रतियोगीहरूलाई “बढ्दो भ्रष्टाचार र देशको अवस्था”, “लागुऔषधको प्रयोगस् चुनौती र समाधान”, “युवा पलायनस् राष्ट्र निर्माणमा चुनौती”, “बढ्दो सवारी दुर्घटना” र “डिजिटल क्रान्तिले जीवनशैलीमा ल्याएको परिवर्तन” जस्ता पाँच महत्वपूर्ण शीर्षकमध्ये गोला प्रणालीद्वारा छानिएको विषयमा बोल्ने अवसर प्रदान गरिएको थियो।

निर्णायक मण्डलमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही, सहिद स्मृति मा।बि।का शिक्षक टंक भट्टराई र शिक्षा सदन मा।बि।का शिक्षक अशोक पोख्रेल रहे।

वाककला, सार्वजनिक प्रस्तुति र नेतृत्व क्षमताको अभिवृद्धिसँगै विद्यार्थीको खाली समयको सिर्जनात्मक सदुपयोग गर्ने उद्येस्यले कार्यक्रम आयोजना गरिएको (याडिकल लाईट नेपालका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

कार्यक्रममा सुमेधा एजुकेसन नेटवर्क प्रा।लि।का अध्यक्ष सुरेन्द्र घिमिरे, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, निवर्तमान सहसचिव भोला श्रेष्ठ, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic