छाल खवर
धरान,५ साउनः इलाका प्रहरी कार्यालय धरानले गोरु काटेर खाएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवस मनाइएको स्थल धरान १२ स्थित स्वस्तीका चोकबाट उनीहरुलाई पक्राउ गरीएको हो ।
उनीहरु सास्कृतिक अधिकार संरक्षण समितीको १९ औं स्थापना दिवस मनाउन भेला भएका थिए ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले २ महिला ५ पुरुष पक्राउ परेकोे जानकारी दिएका छन् ।
उनले पक्राउ पर्नेहरुको अनुसन्धान भईरहेकोले नाम सार्वजानिक गर्न नमिल्ने बताएकाछन् । थप अनुसन्धान पश्चात नाम सार्वजानिक गरीने डिएसपी जवेगुको भनाई रहेको छ ।
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic