रास्वपा धरान नगर अध्यक्षमा सुमन

  • असार २९, २०८२
  • ५९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८, असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका समितिको पहिलो अधिवेशनले सुमन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राम कार्की , सचिवमा ख्यामप्रसाद फुयाल र सहसचिवमा सन्दीप शाक्य चयन भएका छन्।

त्यस्तै, समितिका सदस्यहरूमा अतुल श्रेष्ठ, तोर्णबहादुर कार्की, बनप्रसाद गुरुङ, थाङ्गा बहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, इन्द्र बहादुर कार्की, जीवन आचार्य, मनकुमारी विश्वकर्मा र मेघराज पोखरेल रहेका छन् ।

शनिबार सम्पन्न अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा सुनसरीबाट प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै सांसद अशोक कुमार चौधरीले धरानको विकास, सुशासन र जनउत्तरदायी राजनीति स्थापनाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ ऊर्जा ल्याउने विश्वास व्यक्त गरे। उनले संगठन विस्तार र जनसम्पर्क मजबुत बनाउन आग्रह गरेका थिए ।

पार्टीले धरान उपमहानगरपालिकामा संगठन सुदृढीकरणसँगै आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी कार्ययोजना तयार गर्ने बताएको छ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic