सुनाखरी,कार्मेल स्कुल, आइडल र प्याराडाइज सेमिफाइनलमा

  • साउन १७, २०८२
  • ४२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउनः विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।

डिपो स्कुलको आयोजनामा विहीबारदेखि सुरु भएको शनिबार सम्पन्न खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९, प्याराडाइज स्कुल तरहराले पूर्वाञ्चल स्कुल तरहरालाई ३३–१७, सुनाखरी स्कुल धरानले लिटल फ्लावर स्कुल झापालाई ३४–२१ तथा कार्मेल हाइ स्कुलले हिमशिखर स्कुल तरहरालाई ४४–४१ अंकले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।

उक्त दिनको खेलमा आइडल स्कुलका निशान खड्का, प्याराडाइजका प्रिन्स खत्री, सुनाखरी स्कुलका विक्रम श्रेष्ठ र कार्मेल स्कुलका प्रीत्युस भुजेल ‘म्यान अफ द म्याच’ घोषित भए।

उनीहरुलाई राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र डिपो स्कुलका खेलकुद संयोजक उमेश ताम्राकारले ट्रफी प्रदान गरेका थिए।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। ‘मोस्ट भ्यालुएबल प्लेयर’, ‘हाइ स्कोरर’ र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ विजेतालाई ट्रफी र मेडल प्रदान गरिनेछ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले नगद एक हजार रुपैयाँसहित सांस्कृतिक अधिकार अवार्ड २०८२ बाट पुरस्कृत “गोरु चिन्तन” पुस्तक उपहार दिने घोषणा गरेका छन् ।

सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताका सम्पूर्ण खेल डिपो स्कुलको बास्केटबल कोर्टमा सञ्चालन भइरहेको छ।

आइतबार हुने पहिलो सेमिफाइनल खेलमा आइडल स्कुल र सुनाखरी स्कुल तथा दोस्रो सेमिफाइनलमा कार्मेल हाइ स्कुल र प्याराडाइज स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic