विपी प्रतिष्ठानको उपकुलपतिमा धरानका विक्रम श्रेष्ठ

  • साउन २८, २०८२
  • १,६१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ साउनः केही महिना अघिदेखि रिक्त भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्।

सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा.रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा.श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो।

धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई उपकुलपतिमा नियुक्त गर्नुपर्ने माग उठ्दै आएको थियो।

विगतमा प्रतिष्ठानको शिक्षाध्यक्षका रूपमा एक कार्यकाल पूरा गरेका श्रेष्ठलाई नियुक्त गराउन प्रतिष्ठानकै कर्मचारी र चिकित्सकहरू सक्रिय भएका थिए।

शिक्षाध्यक्ष हुदा राम्रो प्रभाव छोडेका श्रेष्ठ प्रतिष्ठानका निस्कलंक र अनुभवी डाक्टरका रुपमा परिचित रहेकाछन् । लामो समयदेखि स्थानीयको नेतृत्व माग भइरहेको अवस्थामा डा श्रेष्ठ पहिलो पटक उपकुलपति वन्न सफल भएका हुन । श्रेष्ठ धरानका स्थानीय वासिन्दा हुन ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic