सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

  • भदौ ८, २०८२
  • २,१४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ सिजन–२ को सेमिफाइनलमा १८ जना प्रवेश गरेकाछन् ।

सहिद स्मृति माध्यमिक विद्यालय धरान–८को सभाहलमा सम्पन्न अडिसनमा ३८ प्रतिष्पर्धि मध्ये उत्कृष्ट १८ जना फाइनलमा प्रवेश गरेका हुन ।

फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा,सहिद स्मृति मा.वि.का बिशोक तामाङ, सुनाखरी एकेडेमीका अर्मोन श्रेष्ठ, मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ रहेकीछिन ।

त्यसैगरी बिष्णु मेमोरियल वोडिङ स्कुलकी सुमेधा घिमिरे, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, र लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल रहेका छन् ।

त्यस्तै, बिजयपुर सेकेन्डरी स्कुलका बिबेक बिशुन्खे र मेलिसा बराईली, जेम सेकेन्डरी स्कुलकी जेनिसा राई र प्राप्ति बिक, जेनिथ इङ्लिस बोर्डिङ स्कुलका इस्मान गजमेर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलका अभिषेक रसाईली, किरातेश्वर मा.वि.की समिक्षा बिक, पब्लिक मा.वि. (फुस्रे) का ह्यापिसन लिम्बु, साथै डिपोट सेकेन्डरी स्कुलकी नायुमा राई र प्रज्ञा राई छन् ।

प्रतियोगिताका निर्णायकहरुमा गायक प्रशान्त शर्मा र गायक तथा संगीत प्रशिक्षक बिनायक राई रहेका थिए ।

गायनमा रुचि भएका विद्याार्थीहरुलाई असवरको रुपमा मञ्च प्रदान गर्ने अवसरको रुपमा यो प्रतियोगिता रहेको आयोजकका अध्यक्ष तिर्थ कार्कीले वताए ।

विजेताले नगद २५ हजार, फर्स्ट रनरअपले नगद १५ हजार, सेकेन्ड रनरअपले नगद ७ हजार र थर्ड रनरअपले नगद ३ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन्।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic