सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

  • भदौ ८, २०८२
  • १,८३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ सिजन–२ को सेमिफाइनलमा १८ जना प्रवेश गरेकाछन् ।

सहिद स्मृति माध्यमिक विद्यालय धरान–८को सभाहलमा सम्पन्न अडिसनमा ३८ प्रतिष्पर्धि मध्ये उत्कृष्ट १८ जना फाइनलमा प्रवेश गरेका हुन ।

फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा,सहिद स्मृति मा.वि.का बिशोक तामाङ, सुनाखरी एकेडेमीका अर्मोन श्रेष्ठ, मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ रहेकीछिन ।

त्यसैगरी बिष्णु मेमोरियल वोडिङ स्कुलकी सुमेधा घिमिरे, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, र लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल रहेका छन् ।

त्यस्तै, बिजयपुर सेकेन्डरी स्कुलका बिबेक बिशुन्खे र मेलिसा बराईली, जेम सेकेन्डरी स्कुलकी जेनिसा राई र प्राप्ति बिक, जेनिथ इङ्लिस बोर्डिङ स्कुलका इस्मान गजमेर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलका अभिषेक रसाईली, किरातेश्वर मा.वि.की समिक्षा बिक, पब्लिक मा.वि. (फुस्रे) का ह्यापिसन लिम्बु, साथै डिपोट सेकेन्डरी स्कुलकी नायुमा राई र प्रज्ञा राई छन् ।

प्रतियोगिताका निर्णायकहरुमा गायक प्रशान्त शर्मा र गायक तथा संगीत प्रशिक्षक बिनायक राई रहेका थिए ।

गायनमा रुचि भएका विद्याार्थीहरुलाई असवरको रुपमा मञ्च प्रदान गर्ने अवसरको रुपमा यो प्रतियोगिता रहेको आयोजकका अध्यक्ष तिर्थ कार्कीले वताए ।

विजेताले नगद २५ हजार, फर्स्ट रनरअपले नगद १५ हजार, सेकेन्ड रनरअपले नगद ७ हजार र थर्ड रनरअपले नगद ३ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन्।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic