सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्रथम भएको कलेजको दावी

  • भदौ ९, २०८२
  • ४,०२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्कष्ट भएको कलेजले दावी गरेकोेछ ।

त्रिभुवन विश्वविद्यालयको बीबीएस चौथो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी तामाङ्गले ८३.८ प्रतिशत अंक ल्याई सुनसरी कै उत्कृष्ट भएको कलेजले दावी गरेको हो ।

कलेजबाट परिक्षा दिएका ६३ मध्ये ८३.८ अंक ल्याउदै तामाङ्गले जिल्ला कै उत्कृष्ट भएको कलेजले जनाएको छ ।

हालै प्रकाशित नतिजा अनुसार सुनसरी जिल्लाका कलेजहरुबाट कसैले पनि ८३.८ प्रतिशत नतिजा ल्याएको जानकारी नगराएको हुदा अरुले सो अंक भन्दा माथिको नतिजा ल्याएको दावी नगरेसम्म आफ्नो कलेजको विद्यार्थी जिल्ला कै प्रथम भएको कलेजका उप–प्राध्यापक विशाल श्रेष्ठले दावी गरेकाछन्।

श्रेष्ठले दिएको जानकारी अनुसार ६३ जनाले परिक्षा दिएकोमा ४१ जनाले उत्तीर्ण गरेकाछन् ।

यस वर्ष चौथो वर्षमा ६६ प्रतिशत विद्यार्थीले सफलता हासिल गरेका छन्।

समय व्यवस्थापन, कडा मिहिनेत, समयमै तयारी, अनि घरमा आमाको साथ र हौसला नै आफ्नो सफलता रहेको स्मिताको भनाई रहेको छ । स्मितासँगै कलेजबाट दुई जनाले बिशिष्ट श्रेणी ल्याएका छन्।

कलेजबाट इशा वर्नवालले ८०.४ प्रतिशत र मार्टिन बराइलीले ७५.८ प्रतिशत अंक ल्याउन सफल भएकाछन्।

इशा वर्नवालले रोजगारी गर्दै पढ्दा पनि दरिलो आत्मविश्वास र कलेजको साथ–सहयोगका कारण सफलता प्राप्त भएको बताइन्।

यता ७५.८ प्रतिशत ल्याएका मार्टिन बराईलीले कक्षामा बढी फोकस गर्ने र परीक्षाको समयमा अझ संवेदनशील भएर पढ्ने बानीले सफलता प्राप्त भएको वताए ।

सिटी कलेजबाट यस अघि पनि महेश अग्रवाल दुइपटक पूर्वाञ्चल प्रथम भएका थिए भने प्रेरणा पराजुलीले पनि पूर्वाञ्चल प्रथम भएकी थिइन । महेश हाल सिटी कलेजमा नै पढाउदै आएकाछन् भने प्रेरणा अष्ट्रेलियामा कार्यरत रहेकीछिन् ।

बिशिष्ट श्रेणी ल्याएका स्मिता तामाङ र मार्टिन बराईलीलाई क्याम्पस प्रमुख खड्ग विक्रम सिंह कार्की, उप–प्राध्यापक विशाल श्रेष्ठ र प्राध्यापक लोक श्रेष्ठलगायतले खदा र अबिर लगाएर सम्मान गरेका थिए ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic