सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

  • भदौ १३, २०८२
  • ६,४१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजना गरि सो कार्यक्रम गरीएको हो ।

प्रिन्सिपल मिलन राईले “सुनाखरी हल्लाको पछि नलागी गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वसनीय शैक्षिक संस्था भएको र आगामी दिनमा पनि अभिभावकको विश्वासलाई कायम नै राख्ने एकेडेमीको प्रतिबद्धता दोहोर्याएका थिए ।

SUNAKHARIA NEWS PHOTO = 3 कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुबराज खड्काले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेशमुखी नबनिन आग्रह गर्दै आफ्नै देशमा अध्ययन गरेर राष्ट्र विकासमा योगदान दिन प्रेरित गरे।

त्यस्तै, संयोजक तपकुमार राईले प्लस टु सुरु भएदेखि हालसम्मका शैक्षिक उपलब्धि र सफलताबारे जानकारी गराएका थिए।

SUNAKHARI NEWS PHOTO = 2 विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राई, प्लस टु संयोजक तपकुमार राई लगायतले नयाँ विद्यार्थीलाई खदा र अबिर लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत र कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षिका मौसमी कार्कीले सञ्चालन गरेकी थिइन्।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic