विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईकल सार्वजनिक

  • भदौ १९, २०८२
  • ३,६६१ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।
यामाहा मोटरसाइकल कम्पनीको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले बुधवार एमटी–१५ भी २ र एफजेड एस भी ३ डिलक्सका किलर भेरियन्ट बाइकहरू सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा यामाहाले सबै मोटरसाइकल प्रेमीलाई नयाँ मोडेल एमटी–१५ भी–२ ९आइस स्टर्म र भिभिड भायोलेट मेटा लिक० तथा एफजेड–एस भी ३ डिलक्स आइस फ्लुओ–भर्मिलियन प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ ।
विजयपुर ट्रेडर्सका प्रमुख प्रभाव खतिवाडका अनुसार यामाहा एमटी–१५ भी २ बजार मूल्य ५ लाख ६० हजार ९०० र एफजेड–एस भी ३ डिलक्सको मूल्य ४ लाख १० हजार ९०० रहेको छ ।

YAMAHA पत्रकार सम्मेलनमा धरान–८ स्थित ट्रेडर्सको शो रुममा यामाहा एमटी–१५ भी–२ का दुई नयाँ भेरियन्ट ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटा लिक’२०२५ र एफजेड–एस भी ३ डिलक्स मोटरसाइकल मोडेलका नयाँ भेरियन्ट सार्वजनिक गरिएको थियो ।
पत्रकार सम्मेलनमा ट्रेडर्स प्रमुख प्रभात खतिवडाले १८ वर्ष उमेरदेखि ६५ वर्ष उमेर समुहका जो सुकै ग्राहकको रोजाईमा यो मोटरसाइकल रहेको वताए ।
यामाहाले आफ्नो लोकप्रिय एफजेड–एस भी ३ डिलक्स मोडललाई समेत नयाँ रङ ‘आइस फ्लु ओ–भर्मिलियन’मा सार्वजनिक गरेको छ ।
सो रुमले ग्राहकले छनौट गरेका गाडीका मोडेलमा अधिकतम सात हजारसम्म छुट, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने अवसर, एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने व्यवस्था गरिएको प्रमुख खतिवडाले जानकारी दिएकाछन् ।
खतिवडाले यो गाडी अधिकतम ग्राहकको रुचिमा पर्ने समेत दावी गरेकाछन् ।
कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठले आर्थिक मन्दीले व्यवसायी कठिन अवस्थामा पनि उपभोक्ता ग्राहकप्रति जिम्मेवारी वहन गर्न सोरुम पछि नपरेको बताए । मन्दीमा पनि ट्रेर्डसले ग्राहकको रुचि पुरा गर्न नयाँ भेरियन्टका मोटरसाइकल ल्याएको कुराले यसको पुष्टि गर्ने उनको भनाई थियो ।
यामाहा नेपाल, एमएडब्लू राइड्स अन्तर्गत, अत्याधुनिक प्रविधि, भरपर्दो बिक्रीपश्चात् सेवा र देशव्यापी नेटवर्कमार्फत नेपाली दुईपांग्रे बजारमा अग्रणी रहँदै आएको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic