बढी भाडा असुले तत्काल कारबाही गर्ने यातायात मन्त्री घिसिङको चेतावनी

  • असोज १५, २०८२
  • ६७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असोज ः मन्त्रालयको नजिक रहेको विमानस्थलमा अन्य समयको भन्दा दोव्वर हवाई भाडा लिईरहेको थाहा नपाउने यातायात मन्त्रीले यातायात भाडा वढी असुल गरे कार्वाही गर्ने चेतावनी दिएकाछन् ।

यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनि दिएका हुन् ।

यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्।

स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्।

चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्।

हवाई भाडा अन्य समयमा भन्दा दोव्वर जस्तो वृद्धि गरेर लिदा समेत चुप वस्ने यातायात मन्त्री घिसिङलाई यातायातको भाडा अन्य समयमा सरह यात्रुलाई दिलाउनु चुनौति वनेको छ ।

यातायात व्यवसायीहरुले दशैको मौका छोपी भाडादर दोव्वर जस्तो वृद्धि गर्ने गरेकाछन् । मौका छोपेर कालोवजारी गर्ने व्यवसायीलाई तत्काल कार्वाही गर्नुपर्ने आजको आवस्यकता रहेको छ ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic