हिबिस्कस स्कुल हाजिरीजवाफमा कञ्चनजङ्घा पहिलो

  • कार्तिक २३, २०८२
  • २,६८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २२ कार्तिकः हाजिरीजवाफ प्रतियोगितालाई स्कुलको पहिचान वनाउदै आएको हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुल धरान–१५मा अन्तर–सदन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितासहित आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले ज्ञान, आत्मविश्वास र छिटो सोच्ने क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतियोगितामा विद्यालयका चार सदन — कञ्चनजङ्घा, मनास्लु, अन्नपूर्ण र सगरमाथा बीच उत्साहपूर्ण प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा कञ्चनजङ्घा सदन पहिलो, मनास्लु सदन दोस्रो, अन्नपूर्ण सदन तेस्रो र सगरमाथा सदन चौथो स्थान ल्याउन सफल भएका थिए ।

HIBISCUS NEWS PHOTO = 2 कार्यक्रममा क्विज मास्टर शिक्षक सुजन श्रेष्ठले संयोजन र सञ्चालन गरेका थिए ।

प्रतियोगिताको निर्णायकहरू शिक्षकद्वय कुमार स्याङतान र निरञ्जन यादब रहनुभएको थियो भने स्कोर कीपर कक्षा–९ का छात्र आदित्य झा र टाइम कीपर कक्षा–१० का छात्र एलेक्स श्रेष्ठ रहेका थिए ।

विद्यालयका निर्देशक गंगाराम राईले विद्यार्थीहरूमा ज्ञान विस्तारसँगै स्वस्थ प्रतिस्पर्धा, सामुहिक सद्भाव,अनुशासनको विकास र वौद्धिक क्षमता वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको वताए ।

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic