डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

  • मंसिर २०, २०८२
  • ३,८९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ ।

शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो ।

छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ ।

DCA NEWS PHOTO = 4 त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल बनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता बन्न सफल भएको छ ।

एक दिने बास्केटबल प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कल धरान–१५,जोलसाया एकेडेमी धरान–११, धरान इङ्लिस वोडिङ स्कुल धरान–५, आवरहोम वोडिङ स्कुल धरान–१९ र आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान समेतका ५ स्कुलका १५ टिमको सभागीता रहेको स्कुलका प्रिन्सिपल नविन गौतमले जानकारी दिनुभयो ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्वु, स्कुलका प्रिन्सिपल नविन गौतम,निर्देशक पृथ्वी रइका मगरले ट्रफि मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

DCA NEWS PHOTO = 2 पढाईका अतिरिक्त खेलकुदमा पनि विद्यार्थीहरुलाई अगाडी वढाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने स्कुलका प्रिन्सिपल गौतमको भनाई रहेको छ ।

अन्य खेल सरह बास्केट बल खेललाई प्रति अगाडी वढाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको स्कुलका निर्देशक मगरको भनाई रहेको छ ।

कार्यक्रमको अध्यक्षता स्कुलका अध्यक्ष पूर्णप्रसाद लिम्वूले गर्नुभएको थियो ।

DCA NEWS PHOTO = 4 DCA NEWS PHOTO = 2 DCA NEWS PHOTO = 3 DCA NEWS PHOTO = 6

 

 

 

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic