खेलकुद महोत्सव शुरु खेलकुदको शहर घोषणा

  • मंसिर २५, २०८२
  • ४५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ मंसिर ः धरान खेलकुद मञ्चको आयोजनामा धरानमा पहिलो पटक १५ दिने धरान खेलकुद महोत्सव सुरु भएको छ ।

धरान–१६ स्थित धरान रंगशालाको तल्लो खेल मैदानमा शुरु भएको महोत्सवको फुटबल जगतका चर्चित व्यक्तित्व राजु काजि शाक्यले उद्घाटन गरेका थिए ।

शाक्यलाई खेल क्षेत्रमा गरेको ऐतिहासिक योगदानको सम्मानस्वरूप नगद रु.२५,००० सहित विशेष सम्मान प्रदान गरिएको थियो ।

शाक्यले एकै साथ कप्तान र मुख्य प्रशिक्षक भएर साफ च्याम्पियनसिप जिताएको गौरवशाली इतिहास रचेको भन्दै सम्मान गरिएको हो ।

88888 महोत्सवमा कोरोना महामारीका कारण दिवंगत भएका शारीरिक सुगठनका नेपालकै प्रख्यात प्रशिक्षक स्वर्गीय राजभगत प्रधानङलाई पनि मरणोपरान्त सम्मान गरीएको थियो ।सो सम्मान स्वर्गीय राजभगतका छोरा कविरभगत प्रधानङलाई प्रदान गरिएको छ ।

प्रमुख अतिथि शाक्यको उपस्थितिमा आयोजक मञ्चले धरानलाई खेलकुदको शहर भनेर घोषणा समेत गरेको छ । समारोह्का सभापति तथा खेलकुद मंच धरानका अध्यक्ष किशोर राईले सरकारलाई दवाव सृजना गर्न खेलकुद शहर घोषणा गरिएको बताए ।

खेलकुद मञ्चका सितोरिया कराते, उसु, तेक्वान्दो खेलाडीहरुले आकर्षक खेल प्रदर्शन गरे । राई र लिम्बु समुदायको सांस्कृतिक नृत्य साकेला र च्याब्रुङले वातावरण रंगिन बनाएको थियो ।

महोत्सवको सबैभन्दा आकर्षक पक्ष भनेको धरानका खेलाडीहरूले पछिल्ला १०० वर्षमा जितेका मेडल, कप र प्रमाणपत्रहरूको भव्य प्रदर्शनी हो ।

मनोरञ्जनतर्फ, टोरा(टोरा, रसियन झुला, २० सिटे रोटेपिङ, २४ सिटे विशाल नाउ, ४० सिटे ड्रयागन राइड तथा बालबालिकाका लागि मिकी माउस, जम्पिङ ज्याकसहितका विभिन्न खेल सामग्री राखिएको छ । यी उपकरण भारतको पटना र अन्य स्थानबाट विशेष रूपमा ल्याइएका हुन् । यसले धरानको मनोरञ्जन क्षेत्रमा नयाँ अनुभव जोड्ने पनि खेलकुद मन्चका अध्यक्ष राईको भनाई छ ।

खेलकुद सम्वन्धी १२ वटा स्टल राखिने जानकारी दिए पनि उद्घाटन समारोहमा ति स्टलहरु देखिएनन् । दर्शकको सुरक्षालाई ध्यान दिँदै बीमा भने गरिएको छ । खानेपानी, बिजुली, सुरक्षा, स्वास्थ्य सेवा तथा ट्राफिक जस्ता आधारभूत ब्यवस्थापनमा चुस्त रहेको मञ्चका अध्यक्ष राईले बताए ।

प्रत्येक दिन दिउँसो १ देखि ३ बजेसम्म इन्जिनियरिङ र फुड टेक्नोलोजीका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी गर्नेछन् भने धरानका विद्यालयहरूले संगीत र नृत्य प्रस्तुति दिनेछन् । साथै महोत्सवभर हाउजी(तम्बोला पनि खेलाइनेछ ।

उद्घाटन दिनदेखि समापनसम्म स्थानीय कलाकारलाई विशेष महत्व दिइनेछ । साथै एलिना चौहान, प्रताप दास, मन्त्र ब्यान्ड, ८८४८ ब्यान्ड, बबिना किराती, ज्योति मगरलगायतका कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।

धरान खेलकुद महोत्सवले धरानवासीलाई कहिल्यै नबिर्सने नयाँ अनुभव दिने विश्वास लिइएको मञ्चका अध्यक्ष किशोर राईको भनाई रहेको छ ।

महोत्सव पुष १० गतेसम्म संचालन हुनेछ ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic