डिपो कप

  • मंसिर २९, २०८२
  • ८७ पटक पढिएको
  • छाल खबर

छाल खवर 
धरान,२९ मंसिरः डिपो माध्यमिक विद्याल धरान–१८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ मा आज पाँचौ दिनको प्लेट चाम्पियनका दुई खेल भयो ।
खेलको पहिलो क्वाटर फाइनल हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरी र माउण्ट हर्मन एकाडेमी धरान–१८ बीच भएको थियो । खेलमा हिमशिखरले जित निकाल्यो ।
निकै प्रतिस्पर्धात्मक रहेको खेल निर्धारित समयमा गोल हुन नसक्दा खेलको निर्णय टाइ बेकरबाट भएको थियो । हिमशिखरले माउण्ट हर्मनलाई २–३ गोलले पराजित गर्यो । खेलमा सहभागिताकोलागि माउण्ट हर्मनलाई मायाको चिनो दिइएको थियो । उक्त मायाको चिनो नेपाल सितेरियो कराते महासङ्घ सुनसरीका अध्यक्ष रबि थुलुङले प्रदान गरेको थियो । 
 
प्लेट च्याम्पियनकै दोस्रो खेल सिद्धार्थ शिशु सदन, धरान–१६ र प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ 
बीच भएको थियो । प्रभातको प्रतिस्पर्धी विद्यालय युनाइटेड गोर्खा एकाडेमी, धरान–१५ अनुपस्थिति भएपछि सिद्धार्थ र प्रभातबीच सेमी फाइनल खेल भएको थियो । उक्त खेलमा प्रभातले १ गोल गर्दै सेमिफाइनलमा आप्mनो स्थान पक्का बनायो । प्रभातको जितमा जर्सी १० का सायश शाक्यले गोल गरेका थिए ।
खेलमा सहभागिताकोलागि सिद्धार्थ शिशु सदनलाई मायाको चिनो दिइएको थियो । उक्त मायाको चिनो नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले प्रदान गरेका थिए ।
प्लेट च्याम्पियनको दुई खेलपछि २० औं ललित–अम्बर डिपो कप –२०८२ को क्वाटर फाइनल खेल भएको थियो । नेपाल पुलिस स्कुल, धरान–१३ र इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल, धरान–१७ बीच भएको थियो । नेपाल पुलिसले १ गोल गर्दै सेमि फाइनलको यात्रा तयार गर्यो । पुलिसको जितमा जर्सी ९ का विनायक निरौलाले मध्यान्तरपछिको अन्तिम समयमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच इम्मानुयलका सपन दाहाल भएका थिए । दाहाललाई डिपो सेकेण्डरी स्कुलका व्यवस्थापन समिति सदस्य सुर्य पन्धाकले मायाको चिनो दिएका थिए । 
 
यसैगरि दोस्रो क्वाटर फाइनल खेल धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ र लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल, धरान–१६ बीच भएको थियो । निकै प्रतिस्पर्धात्म रहेको खेलमा धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ ले सेमिफाइनलमा आप्mनो स्थान पक्का बनायो । 
निर्धारित समयमा बराबरी १÷१ गोलमा खेल टुङ्गिएपछि खेलको निर्णय टाइ बे्रकरबाट भएको थियो । टाइ ब्रेकरमा धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ ले जित निकालेको थियो । खेलमा धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ का रोमन जिमी म्यान अफ द म्याच भएका थिए । उनलाई डिपो सेकेण्डरी स्कुलका व्यवस्थापन समिति सदस्य सुर्य पन्धाकले मायाको चिनो दिएका थिए । 
ललित–अम्बर डिपो कप –२०८२ मा भोलि तीन सेमिफाइनल खेल हुनेछ । पहिलो एक खेल प्लेट च्याम्पियनको सेमि फाइनलकोलागि हुनेछ भने अर्को दुई खेल डिपो कपको सेमीफाइनलकोलागि हुनेछ । भोलिको प्लेट च्याम्पियनको पहिलो खेल हिमशिखर इङलिस बोर्डिङ स्कुल, इटहरी र जोलसाया एकाडेमी, धरान–११ बीच हुनेछ । यसैगरि डिपो कपको सेमिफाइनलको पहिलो खेल डिपो सेकेण्डरी स्कुल, धरान–१८ र नेपाल पुलिस स्कुल,  धरान–१३ बीच हुनेछ । दोस्रो सेमिफाइनल खेल धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४  बीच हुनेछ । 
डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नाममा प्रतियोगिताको नामकरण गरिएको हो । प्रतियोगितामा विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
यसैगरि उपविजेताले विद्यालयले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ, खेलाडीले ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । तेस्रो हुने विद्यालयले शिल्डसहित नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
पराजित विध्यालहरुबीच हुने दिलकुमार प्लेट च्याम्पियनका विजेता विद्यालयले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेता विद्यालयले नगद २ हजार १ सय ११ रुपैया, शिल्ड, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
 

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ ।ने ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

सुनाखरी डान्सिङ आइडलको उपाधि साईमा र सागरिकालाई

छाल खवर मंसिर २८ मंसिरः सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साई ...

डिपो कपमा शनिवार चार खेल सम्पन्न

छाल खवर धरानमा जारी डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic