प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड

  • पुस २९, २०८२
  • ५११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका सि.ई.ओ. अभिषेक श्रेष्ठ ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।

भारतको केरला राज्यको कोचिमा जनवरी ६ मा आयोजित कार्यक्रममा एसिया अवार्डका निर्देशक अबुथाएरले सि.ई.ओ. श्रेष्ठलाई अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा नेपालबाट ५ जना र कोशी प्रदेशबाट एक मात्र प्रतिनिधिका रूपमा अभिषेक श्रेष्ठ सहभागी थिए। कामको उत्कृष्ट पर्फमेन्स, कलेजको शैक्षिक नतिजा तथा सामाजिक योगदानका आधारमा प्राईम भिजनका सि.ई.ओ. श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

अवार्ड वितरण समारोहमा नेपाल, भारत, श्रीलंका, मौरिसस, माल्दिभ्स, मलेसिया, दुबई लगायत विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

लगभग एक दशक लामो निरन्तर मेहनतको फलस्वरूप यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुँदा आफू अत्यन्तै खुशी भएको बताउँदै सि.ई.ओ. श्रेष्ठले आगामी दिनमा अझ ऊर्जा र प्रतिबद्धताका साथ काम गर्ने प्रेरणा मिलेको उल्लेख गरेकाछन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic