छाल खवर
धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका सि.ई.ओ. अभिषेक श्रेष्ठ ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।
भारतको केरला राज्यको कोचिमा जनवरी ६ मा आयोजित कार्यक्रममा एसिया अवार्डका निर्देशक अबुथाएरले सि.ई.ओ. श्रेष्ठलाई अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।
उक्त कार्यक्रममा नेपालबाट ५ जना र कोशी प्रदेशबाट एक मात्र प्रतिनिधिका रूपमा अभिषेक श्रेष्ठ सहभागी थिए। कामको उत्कृष्ट पर्फमेन्स, कलेजको शैक्षिक नतिजा तथा सामाजिक योगदानका आधारमा प्राईम भिजनका सि.ई.ओ. श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
अवार्ड वितरण समारोहमा नेपाल, भारत, श्रीलंका, मौरिसस, माल्दिभ्स, मलेसिया, दुबई लगायत विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
लगभग एक दशक लामो निरन्तर मेहनतको फलस्वरूप यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुँदा आफू अत्यन्तै खुशी भएको बताउँदै सि.ई.ओ. श्रेष्ठले आगामी दिनमा अझ ऊर्जा र प्रतिबद्धताका साथ काम गर्ने प्रेरणा मिलेको उल्लेख गरेकाछन् ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic