हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

  • माघ १६, २०८२
  • १,०३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्मान गरेको छ ।

हिबिस्कस बाल क्लबद्वारा आज सहिद दिवसको अवसरमा सहिदहरुको तस्बिरमा माल्य अर्पण दिपप्रज्वलन गरी  सम्मान गरेको हो ।

जनताको मुक्तिको लागि र व्यवस्था परिवर्तनको लागि आफ्नो ज्यानको आहुति दिने अमर शहिदहरुर्ला सम्मान गरी कार्यक्रमको आयोजना गरीएको बाल क्लवकी अध्यक्ष आस्था उदाशले वताइन ।

शहिदहरुले सत्यको बाटोमा हिडन र अन्याय विरुद्ध लडनको लागि देखाएको बलिदानीका विषयमा विद्यार्थीहरुलाई जानकारी दिन कार्यक्रमको आयोजना गरीएको निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले जहानिया राण शासन विरुद्धमा आफ्नो ज्यान आहुती दिने चार शहिदहरु गंगालाल श्रेष्ठ,धर्मभक्त माथेमा,शुक्रराज शास्त्री र दशरथ चन्दले दिएको बलिदानीका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएको स्कुलका नयन राज राईले वताउनु भयो ।

कार्यक्रम हिबिस्कस बाल क्लवका सल्लाहकार तथा बाल सञ्जाल, धरान १५ को सदस्य निनाम्मा राईको संयोजनमा भएको थियो ।

कार्यक्रममा स्कुलका शिक्षक शिक्षिका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

धरानमा प्रेस सेन्टर नेपालको २२ औं स्थापना

छाल खवर धरान,१५ माघः प्रेस सेन्टर नेपाल सुनसरीले आफ्नो स्थापनाको २१ वर्ष पू ...

नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घ

छाल खवर धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा न ...

एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषण

छाल खवरधरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन ...

सुनसरी क्षेत्र नम्वर १ मा निर्वाचन तयारी तीव्र– नि

छाल खवर धरान,१३ माघः निर्वाचन अधिकृतको कार्यालय सुनसरी १ ले सुनसरी क्षेत्र ...

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic