हर्कराज राई सुनसरी १ बाट निर्वाचित

  • फागुन २४, २०८२
  • २२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचित भएका छन् ।

राई ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् । राईले तामाङलाई ८ हजार ४९२ मतको अन्तरले पराजित गरेका हुन् ।

त्यस्तै नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार २५८ मत ल्याएका छन् ।

अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले १ हजार ४१९ मत प्राप्त गरेका छन् ।

कुल १ लाख ५० हजार ३ सय ९३ मतदातामध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो, जुन करिब ५८ प्रतिशत हो । तीमध्ये ८२ हजार ९८२ मत सदर भएका थिए भने ४ हजार ४८९ मत बदर भएका थिए ।

यो निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाका वडा नम्बर १ देखि ५ तथा रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ समावेश छन् ।

धरानका पूर्वमेयर समेत रहेका हर्कराज राईले नेतृत्व गरेको श्रम संस्कृति पार्टी हालै गठन भएको नयाँ राजनीतिक शक्ति हो । जेनजी आन्दोलनपछि बनेको राजनीतिक माहोललाई आधार मानेर उनले १६ कात्तिक २०८२ मा यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

धरानमा मेयर हुँदा हर्क साम्पाङले श्रमदान अभियानमार्फत पानी परियोजना र विभिन्न सामुदायिक कामहरू अघि बढाएका थिए । यही अभ्यास र विचारलाई विस्तार गर्दै उनले श्रम संस्कृति पार्टी स्थापना गरेका हुन् ।

२०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो पटक सहभागी भएको यो पार्टीले प्रत्यक्षतर्फ १२० क्षेत्रमा उम्मेदवार उठाएको थियो भने समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic