गोर्खा ट्रेलब्लेजर चैत्र १४ गते हुने

  • चैत २, २०८२
  • ४,५०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ चैतः धरानमा आयोजना हुदै आएको गोर्खा ट्रेलव्लेजर रन यस वर्षको चौथो रन चैत १४ गते हुने भएको छ । आयोजक गोर्खा सिमेट्रीज ट्रष्ट नेपालले आइतवार पत्रकार सम्मेलन गरी सो वारेमा जानकारी दिएको हो ।

विश्व युद्ध र विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका वीर गोर्खाली सैनिकहरूको सम्मान र सम्झनामा धरानमा गोर्खा ट्रेलब्लेजर आयोजना हुदै आएको छ ।

गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता हो । गोर्खा सिमेट्रीज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईले चौथो गोर्खा ट्रेलब्लेजर धरान १८ स्थित रत्न चौकमा चैत्र १४ गते शनिबार विहान सुरु भएर २० नं. वडाको व्रिट्रिस गोर्खा स्मृति पार्कमा समापन हुने जानकारी दिएकाछन् ।

अध्यक्ष राईले अघिल्लो वर्ष भन्दा बढिनै सहभागिता जनाउन सक्ने विश्वास दिएकाछन् । रत्न चौक देखि ब्रिटिश गोर्खा स्मृती पार्क सम्म १० किलोमिटर दुरी रहेको छ । प्रतियोगितामा ५ सय देखि ७सय जनाले सहभागीता जनाउने आयोजकको विश्वास रहेको छ ।

प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमस नगद २० हजार मेडल प्रमाण पत्र, नगद १० हजार,प्रमाण पत्र र ५ हजार मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् ।

पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ अप्रिल ५ को अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता महिला र पुरुषतर्फ छुट्टाछुट्टै हुने छ। दुवै विधाका विजेताले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाण–पत्र र मेडल प्राप्त गर्नेछन्।

भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रथम हुने पुरुष र महिला धावकलाई सन् २०२७ मा हङकङमा हुने गोर्खा ट्रेल रनमा सहभागी गराउन पहल गरिने अध्यक्ष राईको भनाई रहेको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic