माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

  • चैत २, २०८२
  • २,२१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह सम्पन्न भएको छ ।

स्कुलले गत वर्ष जस्तै यसवर्ष पनि पढाईका अतिरिक्त खेलकुदको भूमिका मानव जीवनमा महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन खेलकुदको आयोजना गरीएको हो ।

कितावी ज्ञानसंगै खेलकुदको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने कुराको शिक्षा दिन विद्यार्थीलाई साप्ताहिक खेलकुदको कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल प्रताप तामाङले वताए ।

उक्त खेलकुद सप्ताहमा स्वास्थ्य नै धन हो भन्ने मुल मर्म विद्यार्थीहरुलाई बुझाउने प्रयास गरिएको प्रिन्सिपल तामाङको भनाई रहेको छ ।

खेलकुदबाटै स्वास्थ्य जीवन प्राप्त हुन्छ भन्ने कुरालाई यस विद्यालयले प्राथमिकताका साथ लागु गरेको छ।

विद्यालय स्तरबाटै विद्यार्थीहरुलाई खेलकुद प्रति सकारात्मक सोच ल्याउन यस प्रकारको खेलकुद सम्बन्धि कार्यक्रमहरुले मद्दत पुर्याउने प्रिन्सिपल तामाङको विश्वास रहेको छ ।

कार्यक्रम अन्तर्गत लुडो, म्युजिकल चियर, टेबलटेनिस, चेस, बुक ब्यालेन्स, चेन्जिङ रेस, स्पुन रेस, कांगारु रेस, म्याथम्याटिकल इक्वाटेसन रेस, बेलुन ब्रष्ट लगायतको खेलकुदको विधाहरु संचालन गरिएको प्रिन्सिपल तामाङले जानकारी दिएकाछन ।

उक्त खेलकुद सप्ताहमा विद्यालयका कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले उत्साहपूर्ण रुपमा सहभागिता जनाएका थिए ।

१ हप्तासम्म आयोजना भएको खेलकुद सप्ताहका प्रत्येक खेलहरुको विजेता, उपविजेताहरुलाई विद्यालयका प्रिन्सिपल प्रताप तामाङ लगायत अन्य शिक्षक शिक्षिकाहरुले मेडलहरु प्रदान गरेका थिए ।

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

गोर्खा ट्रेलब्लेजर चैत्र १४ गते हुने

छाल खवर धरान,२ चैतः धरानमा आयोजना हुदै आएको गोर्खा ट्रेलव्लेजर रन यस वर्षको ...

एमालेबाट को को परे समानुपातिकमा नामसहित

छाल खवर धरान,३० फागुनः नेकपा एमालेले समानुपातिकतर्फ १६ जना सांसदको नाम टुङ् ...

जिरो प्वाइन्ट सरोकार समाजद्धारा रक्तदान सम्पन्न

छाल खवर धरान,३० फागुनः जिरो प्वाइन्ट सरोकार समाज धरान–१३ ले रक्तदान क ...

बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा

छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेक ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic