महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी फन्दामा

  • चैत ३, २०८२
  • २९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्ता कुरा गर्दै चर्चामा आउने रवि रत्न चुडाललाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत धरानकी एक महिला पत्रकारमाथि अश्लील गालीगलौज गर्दै चरित्रहत्या गरेको आरोपमा चुडाल पक्राउ परेको हुन ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा झापा, कोहबरा गाविस–१ घर भएका ४५ वर्षीय रबि रत्न चुडाललाई प्रहरीले पक्राउ गरी धरान ल्याएको छ ।

उनीमाथि सुनसरीको धरान निवासी एक महिला पत्रकारको चरित्रहत्या गरेको आरोप लागेको छ।

पीडित पत्रकारले दिएको जाहेरीअनुसार उनी आफ्नै घरमा बसेर पत्रकारिताको काम गरिरहेका बेला २०८२ माघ ११ गते ‘प्जबदबच द्यगििभतष्ल त्ख्’ नामक युट्युब च्यानलमार्फत आफ्नो फोटो र धरानका पूर्व मेयर हर्क साम्पाङको फोटो जोडेर बनाइएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको देखेकी थिइन्।

उक्त भिडियोमा रबि रत्न चुडालले समाजमा अपाच्य तथा अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै उनलाई धरानको भानुचोकमा लगेर जुत्ताको माला लगाई कुटपिट गर्नुपर्छ भन्दै मिति नै तोकी धम्की दिएको पीडितको आरोप छ।

पीडितका अनुसार यस प्रकारको सामग्री सार्वजनिक हुँदा उनको व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामाथि गम्भीर आघात पुगेको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ बमोजिम कारबाहीको माग गर्दै उजुरी दिइएको हो।

प्रहरीका अनुसार आरोपी चुडाललाई २०८२ फागुन २८ गते साँझ करिब ४ः३० बजे काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरिएको हो।

पक्राउपछि उनलाई २०८२ फागुन २९ गते इलाका प्रहरी कार्यालय धरानमा उपस्थित गराइएको र हाल म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic