प्रदेश १ सरकारद्धारा विदेशीएकाहरुको अनलाइन फारम भर्न शुरु स्वदेश फर्किएका युवाहरुलाई रोजगारीको अवसर श्रृजना गर्ने

  • जेठ २८, २०७७
  • ४८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
२०७७ जेठ २८ गते
प्रदेश १ सरकारले विदेशबाट फर्केका युवाहरुलाई स्वदेश मै स्वरोजगार वनाउनका लागि तथ्याङ्क संकलन गर्ने काम शुरु गरेको छ ।
प्रदेश न.ं १ सरकारले विदेशमा रहेकाहरुको तथ्यांक संकलन गर्न अनलाइन फारम खुला गरेको छ ।

विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण विदेश रहेर घर फर्किन चाहने र स्वदेश फर्किएका नागरिकको तथ्यांक संकलनका लागि प्रदेश सरकारले अनलाइन फारम खुला गरेको हो ।प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले फारम भरेका प्रदेशवासीको सीपलाई प्रदेशको विकासमा प्रयोग गर्ने उद्देश्यसहित सरकारले अनलाइन फारम खुला गरेको बताए । मंगलबार अनलाइन फारम शुभारम्भ गर्दै उनले सबैलाई फारम भर्न आग्रह गरे ।

विदेशबाट फर्कन चाहेका र फर्किएका युवाहरुको सीपलाई सदुपयोग गर्दै त्यसलई प्रदेशको आर्थिक विकासमा लगाउने मुख्यमन्त्री राईको भनाई रहेको छ ।
स्वदेश फर्किएका दक्ष युवाहरुलाई उद्यममा जोड्दै कृषि र औद्योगिक क्षेत्रको विकासमा प्रदेश सरकार लागिपरेको छ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलका अनुसार
तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुनेछ ।

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic