प्रहरी कार्यालयमा तीन बोरा चाबी

  • जेठ ३१, २०७७
  • ४३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
३१ जेठ
धरान – बाँके जिल्लाको विभिन्न स्थानबाट प्रहरीले लकडाउन अवधिमा खोसेको मोटरसाइकल, स्कुटीको चाबी प्रहरी कार्यालयमा थुप्रिएको छ ।
लक डाउन शुरु भएको दिनदेखि हालसम्म पनि मोटरसाइकल र स्कुटीको चावी प्रहरी कार्यालयमा सम्वन्धित व्यक्ति लिन नआएपछि प्रहरी कार्यालय मै थुप्रिएको हो । चैत्र ११ गतेदेखि लकडाउन भएपछि त्यसलाई कडाई गर्ने क्रममा प्रहरीले अटेरीको मोटरसाइकल र स्कुटीको चाबी खोसोको थियो ।
अहिले वडा कार्यालय, नेपालगञ्जमा तीन बोरा चाबी थुप्रिएको छ । सवारी चालकहरु आफ्ना चाबी लिन आइरहेका छैनन् ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतले चाबी लिन फाटफुट आइरहेको बताए । उनले लिन आएका व्यक्तिलाई चाबी दिएर पठाउने गरेको जानकारी दिए ।
प्रहरी कार्यालयमा चाबी थन्किएपनि सवारी साधन त चलेकै छ । किनभने, सबैले दोस्रो चाबी बनाएका छन् । नेपालगञ्जको सडकमा पछिल्लो पटक प्रहरीले सवारी साधन रोकेर चाबी लिएर हिडेपनि केहीबेरमा सडकमा मोटरसाइकल देखिदैनथे ।

सबैले दुई वटा चाबी लिएर हिँड्ने गरेका थिए । प्रहरीले चाबी थुतेर जान्छ, अर्को चाबीले मोटरसाइकल स्टार्ट गरेर सवारी चालक आफ्नो गन्तब्यतिर जाने गर्दथे ।
मन्त्रीपरिषद्को पछिल्लो बैठकको निर्णयपछि जिल्लामा चाबी थुत्न छोडिएको छ ।

 

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic