देशको हितमा एक कदम अघि बढ्यो सरकार– विप्लव

  • जेठ ३२, २०७७
  • ३९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
३२ जेठ
काठमाडौँ – प्रतिवन्धित रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकारले साहसिक कदम चालेको वताउनु भएको छ । आइतवार एक वक्तव्य जारी गर्दै विप्लवले सरकार देशको हितमा एक कदम अघि बढेको बताउनु भएको छ ।
जनमत र संघर्षको दबाबमा परेर वर्तमान सरकार अतिक्रमित भूभागहरुको नक्सा संसदबाट पास गर्न बाध्य भएको दावी समेत उहाले गर्नुभएको छ ।
‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् । वर्तमान सरकारले २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गरेको थियो ।
विप्लवले नक्सा जारी गरेर मात्रै नहुने बताउँदै उक्त भूभागहरु नेपालको प्रत्यक्ष स्वामित्वमा लिनका लागि अगाडि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
विप्लवले आम नागरिकलाई पनि सरकारको मुख नताकेर देशको सार्वभौमिकता र स्वाधिन्ताको पक्षमा हरदम जागरुक रहन अनुरोध समेत गर्नुभएको छ ।

 

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic