मोटरसाइकल ‘केयर’ गर्ने ११ उपाय

  • असार १, २०७७
  • ३६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार १
गर्मी सुरु भइसकेको छ । यस्तो बेला मोटरसाइकल प्रयोगकर्ताले मोबिल र फिल्टर परिवर्तन गर्नुपर्छ ।
मोटरसाइकलका सबै तार, लुब्रिकेन्ट, ब्रेक र लाइट चेक–जाँच गर्नुपर्छ ।प्रत्येक ५ हजारदेखि १० हजार किलोमिटर गुडेपछि मोटरसाइकलको मोबिल परिवर्तन गर्नुपर्छ ।
त्यसो त मोटरसाइकलको मोडलअनुसार फरक हुन सक्छ । गर्मी मौसममा तेलको खपत धेरै हुने भएकाले यसबारे जानकार हुनुपर्छ ।
यसैगरी, समय–समयमा ब्याट्रीको ‘कन्डिसन’ चेक–जाँच गर्नुपर्छ । ब्याट्री सफा गरिरहनुपर्छ । लिकेज भए तत्काल फेरिहाल्नुपर्छ । धेरै समय मोटरसाइकल नगुडाएको खण्डमा ब्याट्री चार्ज गर्न बिर्सनुहुँदैन ।
मोटरसाइकलको टायरको प्रेसर नियमित रूपमा चेक–जाँच गर्नुपर्छ ।
मोटरसाइकलको चेनको अवस्था राम्रो हुनुपर्छ । चेनका कारण मोटरसाइकलको आवाज आइरहेको छ भने मर्मत गरिहाल्नुपर्छ । मोटरसाइकलको चेन ‘लुज’ भइरहन्छ । त्यसैले समय–समयमा ‘टाइट’ गर्नुपर्छ । समय–समयमा नरम ब्रसले चेन सफा पनि गरिरहनुपर्छ । चेनलाई पानीले कहिल्यै धुनुहुँदैन । पानीले धोए खिया पर्छ । चेन धेरै कडा र खुकुलो बनाउनुहुँदैन ।
प्रचण्ड गर्मीले मोटरसाइकलको रङ उड्ने भएकाले छायाँमा पार्किङ गर्नुपर्छ । सम्भव भएसम्म ‘कभर’ले छोप्नुपर्छ । त्यसो गर्दा मोटरसाइकलको रङमात्रै जोगिँदैन, ट्याङ्कीबाट तेल उड्नसमेत रोकिन्छ ।
ब्रेक प्याड दुई मिमिभन्दा कम पातलो भएमा परिवर्तन गर्नुपर्छ । विशेषज्ञहरूका अनुसार, प्रत्येक १० किलोमिटर गुडेपछि मोटरसाइकलको ब्रेक प्याड फेर्नुपर्ने हुन्छ ।
मोटरसाइकलको एयर फिल्टर पनि समय–समयमा सफा गरिरहनुपर्छ ।
क्लजको एडजस्टमेन्ट ठीकठाक हुनुपर्छ । क्लच धेरै ‘टाइट’ राख्नुहुँदैन । क्लचमा फ्री प्ले राख्नुपर्छ । मोटरसाइकल चलाउने बेला क्लच दबिनुहुँदैन । दबिइरहेको खण्डमा माइलेजमा असर पर्न सक्छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic