मोटरसाइकल ‘केयर’ गर्ने ११ उपाय

  • असार १, २०७७
  • ४३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असार १
गर्मी सुरु भइसकेको छ । यस्तो बेला मोटरसाइकल प्रयोगकर्ताले मोबिल र फिल्टर परिवर्तन गर्नुपर्छ ।
मोटरसाइकलका सबै तार, लुब्रिकेन्ट, ब्रेक र लाइट चेक–जाँच गर्नुपर्छ ।प्रत्येक ५ हजारदेखि १० हजार किलोमिटर गुडेपछि मोटरसाइकलको मोबिल परिवर्तन गर्नुपर्छ ।
त्यसो त मोटरसाइकलको मोडलअनुसार फरक हुन सक्छ । गर्मी मौसममा तेलको खपत धेरै हुने भएकाले यसबारे जानकार हुनुपर्छ ।
यसैगरी, समय–समयमा ब्याट्रीको ‘कन्डिसन’ चेक–जाँच गर्नुपर्छ । ब्याट्री सफा गरिरहनुपर्छ । लिकेज भए तत्काल फेरिहाल्नुपर्छ । धेरै समय मोटरसाइकल नगुडाएको खण्डमा ब्याट्री चार्ज गर्न बिर्सनुहुँदैन ।
मोटरसाइकलको टायरको प्रेसर नियमित रूपमा चेक–जाँच गर्नुपर्छ ।
मोटरसाइकलको चेनको अवस्था राम्रो हुनुपर्छ । चेनका कारण मोटरसाइकलको आवाज आइरहेको छ भने मर्मत गरिहाल्नुपर्छ । मोटरसाइकलको चेन ‘लुज’ भइरहन्छ । त्यसैले समय–समयमा ‘टाइट’ गर्नुपर्छ । समय–समयमा नरम ब्रसले चेन सफा पनि गरिरहनुपर्छ । चेनलाई पानीले कहिल्यै धुनुहुँदैन । पानीले धोए खिया पर्छ । चेन धेरै कडा र खुकुलो बनाउनुहुँदैन ।
प्रचण्ड गर्मीले मोटरसाइकलको रङ उड्ने भएकाले छायाँमा पार्किङ गर्नुपर्छ । सम्भव भएसम्म ‘कभर’ले छोप्नुपर्छ । त्यसो गर्दा मोटरसाइकलको रङमात्रै जोगिँदैन, ट्याङ्कीबाट तेल उड्नसमेत रोकिन्छ ।
ब्रेक प्याड दुई मिमिभन्दा कम पातलो भएमा परिवर्तन गर्नुपर्छ । विशेषज्ञहरूका अनुसार, प्रत्येक १० किलोमिटर गुडेपछि मोटरसाइकलको ब्रेक प्याड फेर्नुपर्ने हुन्छ ।
मोटरसाइकलको एयर फिल्टर पनि समय–समयमा सफा गरिरहनुपर्छ ।
क्लजको एडजस्टमेन्ट ठीकठाक हुनुपर्छ । क्लच धेरै ‘टाइट’ राख्नुहुँदैन । क्लचमा फ्री प्ले राख्नुपर्छ । मोटरसाइकल चलाउने बेला क्लच दबिनुहुँदैन । दबिइरहेको खण्डमा माइलेजमा असर पर्न सक्छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic