प्रकाश थापा
देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठहर रहन्छ, राष्ट्रियताभन्दा माथि केही छैन ।देशको विशेषता बमोजिमको पार्टी निर्माण हुनुपर्छ । पार्टी जीवनको अन्तरसंघर्षमा विभिन्न समूहअन्तर्गत अल्पमत वा बहुमत, अनि मात्र व्यक्तिको कुरा आउँछ । यदि रसियन कम्युनिस्ट पार्टीमा मेन्सेविकको अगाडि बोल्सेभिक समूहका नेता लेनिनले जनक्रान्तिका रणनीतिक कार्य योजनासहितको दस्ताबेज अगाडि नसारेका भए रुसले जारशाहीबाट मुक्ति पाउने थिएन । । र, क्रान्तिको लागि संगठनात्मक नीति नलिएको भए लेनिन, क्रान्तिकारी नायक लेनिन, हुन सक्दैन थिए ।
आज संसारभरका कम्युनिस्ट लेनिनवादी संगठनात्मक सिद्धान्तको आधारमा चलिरहेका छन् । वैज्ञानिक क्रान्ति नायक लेनिनले एउटा रुसलाई सोभियत संघ बनाएर विश्व मानचित्रमा फैलाउन सफल भए लेनिन । सोभियत संघले आधा युरोप र आधा एसिया ओगट्न सफल भयो । आरसीपीभित्रैबाट बोल्सेभिक समूहको निरन्तर र अथक प्रयास र क्रान्तिकारी योजनाबाट बोल्सेभिकको नेतृत्वमा सन् १९१७ को अक्टुबर क्रान्ति सम्पन्न भयो । यस्तो वैज्ञानिक क्रान्ति र आन्दोलनको नेतृत्व गर्नसक्दा मात्र व्यक्ति प्रधान हुनसक्छ । जसले जारशाहीलाई जरैदेखि उखेलेर फ्याँके र पुनः जारशाहीले एक इन्च पनि शिर उठाउन सकेन । तब न लेनिनको देश सोभियत संघ रुस बन्यो ।
संसारका कम्युनिस्टको वर्ल्ड कम्युन युनिभर्सिटी सोभियत संघ रुस भयो । इतिहासमा पहिलो चोटि समाजमा मार्क्सवादी सिद्धान्तमा आधारित भएर बस्तुगत र वैज्ञानिक समाजवादको प्रयोग भयो । जसले जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी हकको ग्यारेन्टी गर्यो । सबैको घर, सबैको कार, सबैको रोजगार, सबैको स्वास्थ्य, सबैको शिक्षा, समान र अनिवार्य गरियो । जुन सिद्धान्तले ७२ वर्ष शासन गर्यो । सबैलाई समाजवादलक्षित समान अवसरको प्रत्याभूति दिलाउने व्यक्तिको नाम लेनिन हो भनेर विश्वभर उनको नाम र कृति फैलियो ।
हामी नेपालीले कसको नाम लिनु रु वीपी कोइराला, पुष्पलाल, जननेता मदन भण्डारी रु । बीपी र पुष्पलालले जहानियाँ राणा शासनका विरुद्ध लडे । जनतालाई गोलबन्द गर्न पार्टी तथा दल खोले । नयाँ क्रान्ति र जनआन्दोलनको शंखघोष गरे । पछिल्लो पटक चालीसको अन्त्यतिर मदन भण्डारीले कुनै पनि अन्धविश्वास, वैज्ञानिक शास्त्र र सूत्रको पछि लागेर हुन्न, बरु जीवनको लागि नयाँ शास्त्र र सूत्रहरूको रचना गर्नुपर्दछ भन्दै जनताको बहुदलीय जनवादको परिकल्पना गरे । उनको नाम र कम्युनिस्ट पार्टीले शासन गर्दा जनताले केके पाउँछन् भन्ने उदाहरण पस्किने मनमोहन अधिकारीको नाम लिँदा उपयुक्त हुन्छ ।
गुटलाई प्राथमिकता राख्ने सिद्धान्तविहीन राष्ट्रिय चौकीदारहरू सबैको नाम लिन त खासै जरुरत छैन । नेपालको इतिहासमा थुप्रै नाम आए–गए । हाम्रो देश नेपालको राजनीति निरन्तर सङ्क्रमण र प्रयोगशालाको प्रक्रियामा बाँचिरहेको छ र जेनजी आन्दोलन र दलाई लामाको बधाई भन्ने प्रमाण यसको ज्वलन्त उदाहरण हुन् । अहिले नेपालको सबैभन्दा ठूलो वामपन्थी दल एमाले कतै अदृश्य शक्तिको चक्रव्यूहमा फसिरहेको त छैन रु प्रश्न उठेको छ । अब ओलीपछि नेकपा एमाले के हुन्छ रु के नेकपा एमाले लोप हुन्छ त रु पश्चिम बङ्गालमा ज्योति बसुको देहावसान पश्चात् जे भयो, नेकपा एमालेको हालत भोलि त्यही हुने त होइन रु नेकपा एमाले संस्थागत दलको रूपमा बलियो भएर टिक्छ कि ओलीकै छायामा हराउँछ रु यी अत्यन्तै गम्भीर प्रश्न हुन् ।
एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक यात्रा सङ्घर्ष, कैद ,जेल र संगठनात्मक उतार–चढावको लामो शृङ्खला हो । उहाँले आफ्नो जीवनमा देखाएको राजनीतिक दृढता, २०५१ सालमा गृह मन्त्रालय सम्हाल्दा र २०७२ सालको नाकाबन्दीविरुद्धको भूमिका आम नेपालीले बोध गरेकै हुन् । उहाँ हरेक नेपालीको शान र गौरव बन्नुभयो । त्यसपछि २०७४ को चुनावमा दुई तिहाइ बहुमत ल्याउने उपलब्धि पनि नेकपा एमाले उहाँकै नेतृत्वमा सम्भव भयो । आज नेकपा एमाले भन्नासाथ धेरैलाई उहाँको सम्झना आउँछ र ओली भन्नासाथ एमालेको नाम जोडिन्छ। तर, ओली सिद्धान्त भदौ २३–२४ ९सेप्टेम्बर ८–९० को जेनजी आन्दोलनपश्चात् एमालेको भविष्यका लागि चुनौती बनेर उभियो । व्यक्तिको लोकप्रियता, देशको अवस्था, पार्टीको विचार, सङ्गठन र नीतिभन्दा अगाडि देखिएको छ, ओली थ्यौरी। एमालेको १० औँ महाधिवेशनदेखि वास्तविक प्रतिस्पर्धा हराएको छ । भदौ २०–२२ मा भएको दोस्रो विधान महाधिवेशन लाई हेर्दा पुग्छ । वैकल्पिक नेतृत्व विकास हुन सकिरहेको छैन, दिइएको पनि छैन । विद्या भण्डारीलाई समेत पाखा लगाउँदै वर्तमान नेतृत्व अघि बढ्दै छ । यो निषेधको सिद्धान्तले हामी कहाँ पुग्ने यात्रा तय गर्दै छौँ त ?
एउटै व्यक्ति बारम्बार नेतृत्वमा विराजमान हुने समस्या नेकपा एमालेमा मात्र होइन । अरू दलले पनि भोग्न बाध्य छन्। नेपाली कांग्रेस लामो समय गिरिजाप्रसाद कोइरालामा निर्भर रह्यो। तर, गिरिजापछि पार्टी गुटबन्दी र अ संस्थागत अभ्यासमा कमजोर बन्यो। माओवादी केन्द्र अझै प्रचण्डकै छायामा छ, वैकल्पिक नेतृत्व विकास हुन सकेकै छैन। माधव नेपालले १४ वर्ष एमाले हाँक्नुभयो। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको नतिजापश्चात् नैतिकताको आधारमा पार्टीको नेतृत्व झलनाथको जिम्मामा छोड्नुभयो । यी सबै उदाहरण एमालेका लागि चेतावनी हुन्। एमालेले यदि ओलीपछि पनि सबल रहन चाहन्छ भने कांग्रेस र माओवादीले गरेका गल्तीबाट सिक्नै पर्छ।
अब प्रश्न उठेको छ, ओली रोज्ने कि एमाले रु यदि ओली नै रोजिन्छ भने एमालेभन्दा बढी ओलीवाद र ओली पथ रोजिएको हुन्छ। यसले पार्टीलाई मात्र एक व्यक्तिमा सीमित बनाउँछ। तर, एमाले रोजिन्छ भने ओलीलाई सम्मानपूर्वक संस्थागत सीमाभित्र राख्दै पार्टीलाई लोकतान्त्रिक अभ्यासतर्फ लैजानुपर्छ। यसले ओलीलाई अस्वीकार गर्ने होइन, उहाँको योगदानलाई संस्थागत रूपमा रूपान्तरण गर्ने हो। एमालेको दीर्घकालीन शक्ति आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरण एवं वैचारिक पद्धतिबाट अघि बढ्नुपर्ने देखिन्छ । जहाँ जबजलाई शिरमा राख्नुपर्ने हुन्छ ।
ओलीपछिको एमाले सबल बनाउन आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र विचार–नीतिलाई पहिलो प्राथमिकताको अभ्यास अपरिहार्य छ। पार्टीभित्र सैद्धान्तिक आलोचना, प्रतिस्पर्धा र बहसलाई स्थान दिनु नै पर्ने हुन्छ । यदि देशको लोकतान्त्रिक व्यवस्थालाई स्वीकारेको हो भने आफ्नो पार्टी पनि लोकतान्त्रिक हुनै पर्छ । होइन भने प्रचण्डको पार्टी र एमालेमा के भिन्नता भयो र ?
एमालेलाई टिकाइराख्ने हो भने संस्थागत संस्कारको विकास जरुरी छ । त्यसैले एमालेका लागि मुख्य चुनौती ओलीसँगको निर्भरता तोड्दै संस्थागत बाटो रोज्नु अपरिहार्य छ । नेकपा एमाले चाहिन्छ भने ओलीलाई छोड्नुपर्ने हुन्छ, ओली चाहिन्छ भने एमाले भन्दा ओलीवाद रोज्नुपर्ने हुन्छ। यही विकल्पबीच एमालेको भविष्य अडिएको छ। ओलीपछिको एमाले संस्थागत दलको रूपमा बलियो हुन्छ कि अर्को माओवादी वा कांग्रेसजस्तो गुटबन्दीको सिकार ? यही प्रश्नको जवाफ एमालेको भविष्य र नेपाली लोकतन्त्र दुवैको दिशानिर्देशसहितको आशाको दियो बन्ने छ। एमालेसँग अन्य दलले पनि जान्ने र सिक्ने मौका पाउनेछन् र एमाले संस्कार र स्रोतसहितको नेपालको अभिभावक दल बन्नु पर्दछ ।
नेपाल प्रेसबाट
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic