छाल खवर
धरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
मंगलवार भएको पार्टीको भेलाले आफ्नो उम्मेद्वारलाई जिताउने लक्ष्यसहित पार्टीका केन्द्रीय सदस्य मञ्जु भण्डारीको संयोजकत्वमा ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
कमिटीको सहसंयोजकमा कोशी प्रदेशका संस्थापक सभामुख प्रदीप भण्डारी रहेका छन्।
त्यसैगरी कमिटीको हाई कमाण्डमा प्रदेशस्तरीय प्रभावशाली नेताहरू जयकुमार राई, सुशिला पहाडी ढकाल,विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, प्रकाश राई, योग्यराज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक लगायत रहेका छन्।
एमालेले युवा टिकाराम माङलेन लिम्बूलाई फागुन २१ को चुनावमा उम्मेद्वार वनाएको छ ।
लिम्वुले जनताको आशा र अपेक्षामा कहिल्यै धोका नदिने प्रतिबद्धता जनाउँदै एमालेको जित सुनिश्चित रहेको दाबी गरेकाछन् ।
२०६४ सालको संविधानसभा निर्वाचनबाहेक यस क्षेत्रबाट एमालेले निरन्तर जित हासिल गर्दै आएको स्मरण गराउँदै अघिल्लो निर्वाचनमा जसपाका उम्मेद्वार अशोककुमार राईलाई एमालेले सघाएर जिताएको उल्लेख गरेका थिए ।
स्वच्छ छविको उम्मेद्वारको रूपमा आफू जनतामाझ उभिन सक्ने दाबी गर्दै उनले अहिलेसम्म भ्रष्टाचार, ठेक्कापट्टा वा कुनै पनि विवादमा नजोडिएको स्पष्ट पारेका थिए ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic